prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘भ्रष्टाचार विरुद्ध मेरो १ गोल’ को उपाधि उद्योग बाणिज्य संघलाई
‘भ्रष्टाचार विरुद्ध मेरो १ गोल’ को उपाधि उद्योग बाणिज्य संघलाई
banijya office
बागेश्वरी पोस्ट
आइतबार, चैत ११, २०८० बागेश्वरी पोस्ट

नेपालगन्ज । 'भ्रष्टाचार विरुद्ध मेरो १ गोल' भन्ने नाराका साथ चैत्र ७ गतेदेखि नेपालगन्जमा चलेको विभिन्न पेशाकर्मीहरु बीचको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको ट्रफी नेपालगन्ज उद्योग बाणिज्य सघंले उचालेको छ । आज बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य बीचमा भएको फाइनल खेलमा उद्योग बाणिज्य संघले जीत निकालेको हो । 

nepalgunj 081-082

नेपालगन्ज ग्यालरीको आयोजना एवम् खबरगन्ज र बास नेपालको सहआयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको फाइनल खेलमा दुवै टिमले खेल अवधिभर कुनै गोल गर्न नसकेपछि पेलान्टी सुट आउटमार्फत निर्णय गराइएको थियो । पेनाल्टीमा नेपालगन्ज उद्योग बाणिज्य संघको तर्फबाट ५ गोल भयो भने बाँके अटो मोबाइल्स एसोसियसनको ४ गोल मात्र हुन सक्यो । 

विजेता र उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । नेपालगन्ज ग्यालरीका संस्थापक समिरमान श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा प्रतिनिधिसभा सदस्य डा. धवल समशेर राणाले रेफ्रीलाई बल दिएर फाइनल खेलको शुभारम्भ गरेका थिए । फाइनल खेलको शुभारम्भ गर्दे डा. राणाले भ्रष्टाचार विरुद्धको अभियानलाई ऐक्यबद्धता स्वरुप गरिएको फुटबल खेलले सकारात्मक सन्देश प्रवाह गरेको बताए । देशमा भइरहेको भ्रष्टाचार र भ्रष्टचारीका लागि सानो भएपनि सन्देश खेलको माध्यमद्वारा दिएको डा. राणाले बताए । 

समापनसत्रमा प्रतियोगितामा सहभागी भएका पेशाकर्मीहरुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोरा, राष्ट्रिय अनुसन्धान बाँकेका एसपी ओम खड्का, सशस्त्र प्रहरी बल ३० नम्बर बाहिनीका प्रमुख एसपी विमल डाँगी, नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेको प्रचार संयोजक खगेन्द्र दाहालले जनाए । 

पेशाकर्मीहरु बीचको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगितामा १३ टिमले सहभागिता जनाएका थिए । कार्यक्रम सफल बनाउन सहकार्य र सहयोग गर्ने संस्था, व्यक्तिहरुलाई आयोजकले कदरपत्रले सम्मान गरेको थियो । मैत्रीपूर्ण खेलको निर्णायक (रेफ्री) को भूमिका सन्तोष चन्द, कृष्ण चन्द ठकुरी र सिमोन गुरुङ्गले निर्वाह गरेका थिए । यस किसिमको कार्यक्रमलाई अर्को वर्ष पनि निरन्तरता दिइने कार्यक्रम संयोजक प्रकाश अधिकारीले जनाएका छन् ।


प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २०:४६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP