prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • 'मर्यादित' एसईईका नाममा किन बाँकेमा परीक्षार्थीलाई आतंकित बनाइँदैछ ?
'मर्यादित' एसईईका नाममा किन बाँकेमा परीक्षार्थीलाई आतंकित बनाइँदैछ ?
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २२, २०८० बागेश्वरी पोस्ट
'मर्यादित' एसईईका नाममा किन बाँकेमा परीक्षार्थीलाई आतंकित बनाइँदैछ ?

नेपालगञ्ज । अहिले देशभर एसईई परीक्षा चलिरहेको छ । चैत १५ गतदेखि सुरु भएको एसईई परीक्षा अब अन्तिम अन्तिमतिर छ । बाँकेमा भने यो पटक परीक्षा सञ्चालनका क्रममा केही अमर्यादित घटना बाहिरिएका छन् । संस्थागत ढंगले चिट चोराउने वातावरण निर्माण गर्ने र नतिजा राम्रो भएको देखाउँदै नयाँ विद्यार्थी आकर्षित गर्ने खराब मानसिकताले डोर्याएको पनि देखिएको छ । यतिसम्म कि सेन्टर किन्ने र सेटिंग मिलाउने भन्ने भाष्य त सामान्य नै बनिसकेको छ । भलै यो भाष्यको स्वतन्त्र ढंगले परीक्षण हुन सकेको भने छैन । परीक्षालाई हाउगुजीका रुपमा अथ्र्याउने, राम्रो ग्रेडका लागि विद्यार्थीमाथि दबाब बढाउने लगायतका गतिविधि पनि सामान्य जस्तै बनेका छन् ।

कम्तीमा दश बर्षको मेहनतको पर्दा उघार्ने परीक्षाका रुपमा लिइने एसईई परीक्षामा परीक्षार्थीले भयरहित, मर्यादित र स्वतन्त्र वातावरणमा लेख्न पाउनुपर्दछ भन्नेमा दुई मत छैन । तर, विज्ञान विषयका दिन नेपालगञ्जमा देखिएको अमर्यादित वातावरणले त्यसपछिका परीक्षा केन्द्रहरुलाई आतंकित बनाइदिएको तथ्य भने गम्भीर छ । जिल्ला प्रशासन कार्यालय बाँकेले परीक्षालाई मर्यादित बनाउन खेलेको भूमिका जति प्रशंसनीय छ, परीक्षा हलभित्रै जाँच दिइरहेका परीक्षार्थीहरुलाई उठाउँदै सुरक्षाकर्मीद्वारा खानतलासीको शैलीमा चिट बरामद गर्ने चेष्टा त्यत्तिकै निन्दनीय छ । बर्दीमा परीक्षा हलभित्र छिरेर प्रहरीले जसरी विद्यार्थीहरुलाई जबर्जस्त चिट चोर्न खोजेको तथ्य स्थापित गर्न खोजेको छ, त्यो एउटा परीक्षा हलभित्र ध्यानमग्न भएर लेखिरहेको परीक्षार्थीका लागि कति हतोत्साहित गर्ने परिवेश होला, हामी सहजै अनुमान गर्न सक्छौं ।

परीक्षाका निश्चित मर्यादाहरु छन्, ती मर्यादा उल्लंघन गर्नेमार्थि शिक्षा ऐन विपरीत कार्य गरेको अवस्थामा पक्राउ गर्न अनि अनुसन्धान गर्न मिल्छ । यसमा कसैको विमति रहने कुरै भएन । गेटबाटै छिर्दा पूरै शरीर खानतलासी गरिन्छ, मोबाइल पूरै ब्याण्ड छ (निरीक्षकलाई समेत), सिडिओ आफैं अनुगमनमा हिंड्नुभएको छ, परीक्षा समितिले निरन्तर अनुगमन गरिहेको नै छ, तर दलबलसहित प्रहरी परीक्षा हलभित्र छिरेर विद्यालयको नामै लिने अनि थर विशेष उच्चारण गर्दै आतंकिन बनाउने काम कुन कानुनको कुन धारा अन्तर्गत रहेछ भन्ने जिज्ञासा स्वभाविक हो । ध्यानमग्न भएर लेखिरहेको बेला ध्यान भंग गर्ने क्रियाकलाप कति शोभनीय हुन्छ ? विद्यार्थीहरुले लेखिरहेको बेला 'सिडिओ आउँदै हुनुहुन्छ' भनेर पटक-पटक एउटै कुरा दोहोर्याएर निरीक्षक समेतले के सन्देश दिन खोजेको हो ? एकोहोरो लेखिरहेको परीक्षालाई 'डिष्टर्ब' गर्ने अधिकार न प्रहरीलाई छ, न निरीक्षकहरुलाई नै छ ।

सिडिओसाप'ले परीक्षा मर्यादित बनाउन खेल्नुभएको भूमिका सराहनीय छ, परीक्षालाई 'परीक्षा' जस्तो बनाउन तपाईंले लिनुभएको अग्रसरताको सबैतिर प्रशंसा भइरहेको छ । तर, सिंगो परीक्षा निरीक्षकहरुमाथि अविश्वास गर्दै बर्दीका प्रहरीद्वारा परीक्षा सञ्चालनकै दौरान खानतलासी गराउने तपाईंको कामलाई अबोध विद्यार्थी र अभिभावकहरुले कत्ति पनि रुचाएका छैनन् भन्ने हेक्का राख्न जरुरी छ । असल नियतले तपाईं अगाडि बढ्नुभएको होला तर परीक्षालाई मर्यादित बनाउने नाममा अबोध परीक्षार्थीलाई आतंकित बनाउने छुट कसैलाई छैन । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र ऐच्छिक गणित विषयको दिन परीक्षा हलभित्र प्रहरीको क्रियाकलापले विद्यार्थीको मनोविज्ञानमा आघात पुगेको छ ।

परीक्षा चलिरहेको बेला विद्यार्थीलाई बाहिर निकालेर समेत खानतलासी गरेको गुनासो परीक्षार्थीले गरेका छन् । पटक-पटक खानतलासी गर्दा पनि चिट नभेटिँदा कुन सुराकी र के नियतले यस्तो गरिएको हो भन्ने गुनासो अभिभावकहरुको छ । परीक्षार्थीले मर्यादित ढंगले लेख्न पाउने स्वतन्त्रता हनन गर्ने अधिकार कसैलाई पनि छैन । हो, अमर्यादित काम गर्ने जोसुकैलाई छोड्न हुँदैन तर निर्दोष परीक्षार्थीलाई जबर्जस्त दोषी करार गर्ने शैलीमा भइरहेको काम सभ्य समाजका लागि स्वीकार्य हुने विषय होइन । तीन घण्टाको छोटो समयमा निर्धारित प्रश्नपत्र हल गरिरहेको परीक्षार्थीलाई हल्लाका भरमा आतंकित बनाइनुहुँदैन । विहिबार पनि नेपालगञ्ज केही परीक्षा हलहरुमा प्रहरीको भद्दा उपस्थितिले आफ्ना बालबालिकाको मनोविज्ञानमा असर परेको अभिभावकहरुले गुनासो गरेका छन् । अनिवार्य गणितको दिन पनि 'साइन्टिफिक क्याल्कुलेटर'  लिन पाइने/नपाइने विषयमा आफ्ना बालबालिकालाई आतंकित बनाइएको अभिभावकहरुको दुःखेसो छ । 

केही परीक्षा केन्द्रमा एसर्ईई परिक्षा दिइरहेका विद्यार्थीहरुलाई अनुसन्धानका डिएसपीको नेतृत्वमा आतंकित पार्ने कार्य भएको अभिभावकहरुको गुनासो छ । नेपालगञ्जका केही सेन्टरहरुमा छापामार शैलीमा भित्र छिरी लेखिरहेका परीक्षार्थीलाई खानतलासी गर्दै अमानवीय व्यबहार अनुसन्धानका डिएसपी नेतृत्वको टोलीबाट भएको विद्यार्थीहरुले बताएका छन् । 


प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP