Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अपराजित बन्दै नेपाल सेमिफाइनलमा, ६ विकेटले साउदी पराजित
अपराजित बन्दै नेपाल सेमिफाइनलमा, ६ विकेटले साउदी पराजित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ५, २०८१ बागेश्वरी पोस्ट
अपराजित बन्दै नेपाल सेमिफाइनलमा, ६ विकेटले साउदी पराजित

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगिसकेको नेपालले समूह "ए" अन्तर्गतको अन्तिम खेलमा साउदी अरेबियालाई पराजित गरेको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य भेटाउँदै नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको हो । यो लगातार नेपालको चौथो जित हो ।

निर्धारित समय भन्दा ढिलो सुरु भइ २० ओभरको खेललाई ८ ओभरमा झारिएको खेलमा नेपालले टस जितेर साउदी अरेबियालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । साउदीले ८ ओभर खेल्दै ७ विकेट गुमाएर ७३ रन बनाएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७.२ ओभरमा (४ बल बाँकि छँदै) ४ विकेट गुमाउँदै ७५ रन बनाएको हो । नेपालका लागि अविजित रहँदै गुल्शन झाले सर्वाधिक १९ बलमा ३२ र कप्तान रोहित पौडेलले ७ बलमा १६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । ओपनर कुशल भुर्तेल शुन्यमा तथा आशिफ शेख र कुशल मल्ल २-२ रन बनाएर आउट भएका हुन् ।

नेपालविरुद्ध साउदीका इस्तियाक अहमदले २, उस्मान नजिब र बाजि उल हसनले १-१  विकेट लिए ।

साउदीले गरेको ब्याटिङमा अब्दुल वाहिदले १६ बलमा  सर्वाधिक ३७ रन बनाए भने अन्य कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । साउदीविरुद्ध नेपालका करण केसी र अभिनाश बोहराले २-२ तथा प्रतिश जिसी र ललित राजवंशीले १-१ विकेट लिए ।

आजको जितसँगै नेपाल आफ्नो समूहमा सबै खेल जित्ने एक मात्र राष्ट्र बन्दै समूह विजेता बनेर अन्तिम चारमा पुगेको छ । त्यसो त नेपाल साउदी अरेबियासँग खेल्नु अघि नै सेमिफाइनलमा पुगे पनि आजको जितबाट सबै खेल जित्दै विजेता बन्दै औपचारिक रुपमा अन्तिम चारमा पुगेको हो ।

यसअघिको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट , कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया, हङकङ र मलेसिया  र हङकङ रहेको समूहबाट नेपाल समूह विजेता र हङकङ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्  । 

त्यस्तै  समूह बी मा ओमान, यूएई, कम्बोडिया र बहराइन छन् । समूह बी को ओमान ३ खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको अवस्थामा कुवेत ४ अंकका साथ दोस्रो, यूएई ४ अंकका साथ तेस्रो, बहाराइन २ अंकका साथ चौथो र कम्बोडिया शुन्य अंकका साथ पाँचौ स्थानमा छ ।

समूह बी को आजको खेल ओमान र कुवेतबीच र यूएई कम्बोडियाबीच हुँदैछ । समूह ए बाट सेमिफाइनलमा पुगिसकेको ओमानसँगै सेमिफाइनलमा पुग्ने अर्को राष्ट्रको टुंगो लाग्नेछ । 

सेमिफाइनलमा दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा जानेछन र दुई टोली फाइनलको यात्रा गर्नेछन् । फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ । यसअघि नेपालले घरेलु मैदान यूएईलाई पराजित गर्दै एसिया कपमा पुगेको थियो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP