नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्रभावकारी बनाइँदै कन्या विद्यालयको विद्यार्थी भर्ना अभियान
प्रभावकारी बनाइँदै कन्या विद्यालयको विद्यार्थी भर्ना अभियान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ५, २०८१ बागेश्वरी पोस्ट
प्रभावकारी बनाइँदै कन्या विद्यालयको विद्यार्थी भर्ना अभियान

रबिन्द्र घिमिरे (जानकी) । बाँकेको जानकी गाउँपालिका वडा नम्वर ३ मानपुरस्थित श्री कन्या आधारभूत विद्यालयले शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सुरु गरेको छ । विद्यार्थी तथा अभिभावकको सरकारी विद्यालयमा आकर्षण घट्दै गएपछि विद्यार्थीको संख्या न्यून बन्दै गएको छ । तर, जानकी गाउँपालिका वडा नम्वर ३ मानपुरस्थित श्री कन्या आधारभूत विद्यालयले शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो लगायत विभिन्न कार्यक्रम सुरु गरेको हो ।

विद्यालयले शैक्षिक सुधारदेखि अभिभावकको मन जित्न सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ बैशाख २ गतेदेखि घरदैलो सुरु गरेको हो । विद्यालयले विद्यार्थी अभिभावक भेला गरी सुझाब संकलन समेत थालेको छ । अभियानमा विद्यालयका शिक्षकसहित गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादव, वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, कार्यपालिका सदस्य कान्ती काँदु लगायत सहभागी भएका छन् । 

सबैसँग सरसल्लाह गरी घरदैलो कार्यक्रम एकदमै चुस्तदुरुस्त तरिकाले अगाडी वढाइएको विद्यालयकी प्रधानाध्यापक मालती शाही बताउँछिन् । साथै छात्राहरुको लागि मात्र बाल विकासदेखि कक्षा ७ सम्मको भर्ना अभियान सुरु गरेको शाहीको भनाई छ । पढ्नको लागि कन्या आधारभूत विद्यालयमा सबै सेवा सुविधा राम्रो हुनुका साथै छात्राहरुको लागि सुरक्षित पनि रहेको कक्षा ७ मा पढ्दै गरेकी छात्रा जयन्ती धोवी बताउँछिन् ।

मधेशी र मुस्लिम समुदायमा विशेष गरी शिक्षामा छोरीहरु पछाडि परेको भन्दै छोरीहरुलाई मात्र शिक्षा प्रदान गर्नका लागि र विद्यालयमा छात्राहरुको आकर्षण बढाउन कन्या विद्यालय सञ्चालन गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । साथै छात्राहरुको लागि घरबाट ल्याउन लैजाल गाउँपालिकाको वजेटबाट नै बसको सुविधा पनि दिएको उनको भनाई छ ।
   
विद्यालयले पछिल्लो समय शैक्षिक सुधारका लागि सक्रियता देखाएको विद्यार्थीको बुझाई छ । विद्यालयले शिक्षामा सुधारका साथै विद्यार्थीको सुरक्षाको लागि विभिन्न सुविधा समेत बढाउँदै लगेको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP