prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • कोहलपुरमा नतिजा प्रकाशन अनियमितताः शाखा प्रमुखसहित दर्जन बढी कारवाहीमा
कोहलपुरमा नतिजा प्रकाशन अनियमितताः शाखा प्रमुखसहित दर्जन बढी कारवाहीमा
banijya office
शिक्षा शाखा अधिकृत मिजारलाई निलम्वनसहितको कारवाही सिफारिस
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १०, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा नतिजा प्रकाशन अनियमितताः शाखा प्रमुखसहित दर्जन बढी कारवाहीमा

नेपालगञ्ज । कोहलपुर नगरपालिकामा संचालित आधारभूत तह कक्षा ८ को परीक्षा संचालन र नतिजा प्रकाशनमा अनियमितता पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारवाहीको सिफारिस गरेको छ । जसमा शिक्षा शाखाका मात्रै चार जना कर्मचारी परेका छन् । कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमालदेखि अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बल बहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारवाहीको लागि सिफारिस गरिएको छ । मिजारलाई भने निलम्वन गर्ने सिफारिस गरिएको छ ।

nepalgunj 081-082

चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षाको नतिजा २३ गते सार्वजनिक भएको थियो । उक्त परीक्षा संचालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उजुरी परेपछि नगरपालिकाले कार्यपालिका सदस्य वीरेन्द्र बहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो । उक्त प्रतिवेदनका आधारमा नतिजा प्रकाशनमा शिक्षा शाखा अधिकृत मिजार मुख्य दोषी ठहर गर्दै उनलाई निलम्वनसहित विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । आज प्रतिवेदन सार्वजनिक गर्दै उनले शिक्षा शाखा प्रमुख हमालको काज फिर्ता गर्ने र विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । मातहतका कर्मचारीको लिखित रुपमा जिम्मेवारी बाँडफाँड नगरेको, परीक्षा सम्वन्धि गतिविधिलाई प्रभावकारी गराउन निरीक्षण, अनुगमन तथा निर्देशन नगरेका कारण अनियमितता मौलाएको पाइएकाले शाखा प्रमुखको हैसियतमा हमाल दोषी देखिएको आचार्यले प्रष्ट्याए ।

शाखा अधिकृत मिजारले आफ्नै निर्देशनमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमरीकी शिक्षण सिकाई सहजकर्ता रोमिना खत्रीलाई आफ्नै कार्यकक्षमा राखी गणित विषयको उत्तरपुस्तिकामा थप उत्तरपुस्तिका बनाई उक्त उत्तरपुस्तिकामा केही प्रश्नहरुको हल गरी बढी हुन आएको अंकलाई जोड्ने हिसाबले मूल उत्तरपुस्तिकाको अग्रभागमा रहेको साविकको अंकलाइ केरमेट गरी नयाँ कायम गर्ने काममा सहयोग गरेको पाइएको छ । कम्प्युटरमा अंक इन्ट्री गर्ने अधिकार प्राप्त पदाधिकारी आफैं भएका कारणले परीक्षा सम्वन्धि सम्पूर्ण अनियमितताको प्रमुख जिम्मेवार निकटस्थ अधिकृतको हैसियतले मिजार भएको प्रतिवेदनले औंल्याएको पनि नगर प्रमुख आचार्यले बताए । त्यसैगरी नगर शिक्षा प्राविधिक सहायक कर्मचारी नेपाली र शाखाका कार्यालय सहयोगी थारु समेत दोषी देखिएकाले विभागीय कारवाहीको सिफारिस नगरपालिकाले गरेकोे छ ।

त्यसैगरी कोहलपुर सिटी एकेडेमीका संचालक प्रशान्त रिजाल, आभास विक्रम क्षेत्री, उमेश केसी, हिरा केसी र डम्वर बहादुर खत्रीलाई पनि कारवाहीको सिफारिस गरिएको छ । प्रशान्तले शाखा प्रमुखसँग मिलेमत्तोमा नगर शिक्षा शाखाबाट आफ्नो विद्यालयका ४ जना विद्यार्थीको ६ थान उत्तरपुस्तिका लिएर उक्त सक्कल उत्तरपुस्तिका हटाई अर्को नक्कली उत्तरपुस्तिका तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यमा सहयोग गर्ने शिक्षण सहजकर्ता रोमिना खत्रीलाई पनि कसुरदार ठहर गरिएको छ । त्यसैगरी बाल विकास शिक्षिका राधिका मल्लले गणित विषयको उत्तर पुस्तिकामा रोमिना खत्रीसँगको मिलेमतोमा कम्प्युटरमा प्राप्तांक इन्ट्री गर्दा गलत नम्वर बताई इन्ट्री गराएको कसुर देखिएको छ । अर्की बाल विकास शिक्षक तारा चन्दले पनि मल्लकै भूमिका निर्वाह गरेको पाइएकाले दोषी ठहर गरिएको छ । त्यसैगरी ब्राइट लाइट एकेडेमी स्कुलका शिक्षक कुवेर ढकाल, वेष्टर्न इंग्लिश मिडियम सेकेण्डरी स्कुलका शिक्षक रमेश कुमार थारुलाई पनि कारवाहीको सिफारिस गरिएको छ ।

पञ्चमुखी इंग्लिश स्कुलका शिक्षक रविन बम भने सम्पर्कविहीन भएको पाइएको छ । छानविनको क्रममा सोधपुछका लागि सम्पर्क गर्दा उनी सम्पर्कविहीन भई नआएको पाइएपछि उनलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरिएको छ । पञ्चमुखी स्कुल कोहलपुरकी शिक्षिका आशा देवकोटाले प्राप्तांंक कम भएका विद्यार्थीलाई बढी नम्वर दिएको भेटिएकाले दोषी ठहर गरिएको छ । निजामति कर्मचारीलाई निजामति ऐन २०४९ अनुसार कारवाहीको सिफारिस गरिएको छ भने अन्यलाई शिक्षा ऐन २०२८ अनुसार कारवाहीको लागि सिफारिस गरिएको छ । कोहलपुर नगरपालिकाको करारमा शिक्षण पेशामा संलग्न भएकाहरुको भने करार सम्झौता रद्द गरिने नगर प्रमुख आचार्यले बताए ।

कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना विद्यार्थीहरुले फारम भरेकोमा ५३ जना अनुपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । संस्थागततर्फ ६९.८७ प्रतिशत उत्तीर्ण भएका थिए भने सामुदायिकतर्फ १४.८० प्रतिशत उत्तीर्ण भएका थिए ।
 


प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:१७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP