prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • हाजिरी जवाफमा शैलेश्वरी सदन प्रथम
हाजिरी जवाफमा शैलेश्वरी सदन प्रथम
banijya office
बागेश्वरी पोस्ट
बुधबार, जेठ ९, २०८१ बागेश्वरी पोस्ट
हाजिरी जवाफमा शैलेश्वरी सदन प्रथम

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ को एक मात्र सामुदायिक बिद्यालय फुल्टेक्रा माबिका बिद्यार्थीहरुका बीचमा भएको हाजिरी जवाफ प्रतियोगितामा शैलेश्वरी सदन समूहले प्रथम स्थान हासिल गरेको छ ।

nepalgunj 081-082

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा नाइस नेपालगन्जले आयोजना गरेको अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी ७ समूहलाई पछि पार्दै शैलेश्वरी समूहले प्रथम स्थान हासिल गरेको हो । यसैगरी प्रतियोगिताको द्वितिय स्थान स्वर्गद्वारी सदनले हात पारेको छ । यसैगरी तृतीय स्थान बागेश्वरी सदन र सान्त्वना स्थान केदारेश्वर सदनले हासिल गरेको छ ।

वातावरण, सरसफाई र सामान्य ज्ञानका बिषयमा प्रश्नहरु तयार गरिएका थिए । एउटा समूहमा ३ जना बिद्यार्थीहरुको सहभागिता रहेकोमा प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल समूहका प्रतियोगीहरुले क्रमशः मेडल, पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका बिजेता र सहभागीलाई मेडल, पुरस्कार र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष समिर प्रताप सिंह, वडा सचिब मदन रावत, फुल्टेक्रा माबिका प्रधानाध्यापक शान्ति कँडेल, बास नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष शिव कुमार बर्मा लगायत अतिथिहरुले वितरण गरेका थिए ।

प्रतियोगिताको समापनमा बोल्दै वडा अध्यक्ष सिंहले अतिरिक्त क्रियाकलापले बिद्यार्थीहरुको सर्वार्गीण बिकासमा टेवा पुग्ने बताए । प्रतियोगितामा सहभागिता जनाएका बिद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उनले सबै बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा चासो राख्न आग्रह गरे । फुल्टेक्रा माबि वडा भित्रको एक मात्र सामुदायिक बिद्यालय भएकाले बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यकता अनुसार वडाले सहयोग गर्ने उनको भनाई थियो । उनले वडाको लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत नाइस नेपालगन्जले गरेको हाजिरी जवाफ प्रतियोगिता प्रभावकारी भएको जनाए ।

कार्यक्रममा बोल्दै वडा सचिब रावतले बिद्यालयलाई अतिरिक्त क्रियाकलाप नियमित सञ्चालन गर्न अनुरोध गरे । प्रतियोगितामा सहभागी बिद्यार्थीहरुले गरेको प्रदर्शन उत्कृष्ट रहेको भन्दै निरन्तर बिद्यालयको आन्तरिक कार्यक्रमहरुमा सबैले सहभागिता जनाउन बिद्यार्थीहरुलाई अनुरोध गरे । बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने माध्यम हाजिरी जवाफ प्रतियोगिता प्रभावकारी भएको उनको भनाई थियो । कार्यक्रममा फुल्टेक्रा माबिका प्रधानाध्यापक कँडेल, बास नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष बर्माले बोलेका थिए । 

नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको प्रतियोगिताको सञ्चालन नाइस नेपालगन्जका रबिन्द्र बोहराले गरेका थिए । नाइस नेपालगन्जका सदस्य मन भण्डारीले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा अतिथिहरुलाई ब्यच बितरण नाइसका सदस्य रमिता शाहले गरेकी थिइन् ।

वडा नम्बर ६ को हडिया बाबा मन्दिर प्रांगणमा भएको प्रतियोगितामा सहभागी बिद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाएकोमा खुसी ब्यक्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल शैलेश्वरी सदनमा गोमा त्रिपाठी, शितल बैष्य र बिशाल केसी, यसैगरी द्वितिय स्थान हासिल गर्न सफल स्वर्गद्वारी सदनमा साजिदा बानो अन्सारी, अरुणिमा पुन र दिलिप नेपाली, तृतीय स्थान हासिल गर्न सफल बागेश्वरी सदनमा मुस्कान बानो, आँचल तेली र दिपेन्द्र मौर्य र सान्त्वना स्थान हासिल गर्न सफल केदारेश्वर सदनमा गोबिन्द्र सिंह, रोहनी खड्का र सवनम मागवान रहेका थिए । ८ वठा समूहका २४ जना प्रतियोगीसहित कार्यक्रममा १५५ जनाको सहभागिता रहेको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले बताए ।


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP