नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलको फाइनलमा आज केकेआर र सनराइजर्स हैदराबाद भिड्दै
आईपीएलको फाइनलमा आज केकेआर र सनराइजर्स हैदराबाद भिड्दै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १३, २०८१ बागेश्वरी पोस्ट
आईपीएलको फाइनलमा आज केकेआर र सनराइजर्स हैदराबाद भिड्दै

नेपालगन्ज  । आज इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलाहल नाइट राइडर्स (केकेआर) र सनराइजर्स हैदरवाद भिड्दैछन् ।आईपीएल टी–२० क्रिकेटको १७औं संस्करणको फाइनल खेल आज बेलुकी ७ः४५ बजेदेखि चेन्नईको मैदानमा हुन लागेको हो । 

पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको हैदराबाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै फाइनलमा पुगेको हो । 

राजस्थानले प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलुरूलाई हराएर दोस्रो क्वालिफायरमा ठाउँ बनाएको थियो । 

अहिलेसम्मका १६ संस्करणको लेखाजोखा गर्ने हो भने लिग चरणको दोस्रो स्थानमा रहेको टिमले आठ पटक उपाधि जितेको छ । शीर्ष स्थानमा रहेको टिमले ५ पटक, तेस्रो स्थानमा हुने टिमले २ पटक तथा चौथो स्थानमा लिग सकाएको टिमले एक पटक उपाधि जितेको छ । 

सनराइजर्स हैदराबादले सन् २०१६ मा चौथो स्थानमा लिग सकाएको भए पनि उपाधि जितेको थियो । 

यसपालि पहिलो स्थानमा रहेर लिग सकाएको कोलकाता र दोस्रो स्थानमा रहेको हैदराबादबीच उपाधि भिडन्त हुँदै गर्दा इतिहासले जित्ने बढी अवसर हैदराबादलाई प्रदान गरेको छ । 

फाइनलमा टस जित्ने टिमले ६२.५ प्रतिशत जित हासिल गरेको कीर्तिमान छ । १६ खेलमा १० फाइनल टस जित्नेले नै जितेको इतिहास छ । 

आधा भन्दा बढी फाइनल खेल रन पछ्याउने टिमले जितेको छ । फाइनलमा अहिलेसम्म २०० भन्दा बढी रनको चुनौती कसैले पछ्याउन सकेको छैन । 

सन् २००८ देखि सुरु भएको आईपीएलमा सर्वाधिक सफल दुई टिम मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले समान ५–५ पटक उपाधि जितेका छन् । 

कोलकाता नाइट राइडर्सले २ पटक तथा सनराइजर्स हैदराबाद, गुजरात टाइटान्स, राजस्थान रोयल्स र डेक्कन चार्जर्सले १ पटक उपाधि जितेका छन् । 

कोलकाताले २० तथा हैदराबादले १७ अंक हासिल गरेको हो । १७ अंक नै भए पनि राजस्थान रोयल्समाथि रनरेटमा ०.१४१ ले अगाडि रहँदै हैदराबाद दोस्रो स्थानमा रहेको हो । त्यस्तै रनरेटमा अगाडि रहँदै रोयल च्यालेन्जर्स बैंगलुरू चौथो हुँदै प्लेअफमा पुग्यो । 

यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो । 

त्यस्तै अर्को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो । 


प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP