prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिग फुटबलः रोयल र न्यु डाँफे विजयी
‘ए’ डिभिजन लिग फुटबलः रोयल र न्यु डाँफे विजयी
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २, २०८१ बागेश्वरी पोस्ट
‘ए’ डिभिजन लिग फुटबलः रोयल र न्यु डाँफे विजयी

नेपालगञ्ज । बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा रोयल नेपालगञ्ज फुटबल क्लब र न्यु डाँफे स्पोर्ट्स क्लबले आइतबार जीत हासिल गरेका छन् । कोहलपुरस्थित तेह्र विगाहा फुटबल मैदानमा भएको खेलमा रोयलले ओशोनिक क्लबलाई २–० ले पराजित गरेको छ । रोयलका लागि सुमित थापाले २ गोल गरे । उनले खेलको ८औं र ५०औं मिनेटमा गोल गरेका थिए । खेलमा रोयलका अविशेष यादव प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । आइतबार बिहान भएको खेलमा न्यु डाँफे स्पोर्ट्स क्लबले जय किसान स्पोर्ट्स क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि विशाल चन्दले निर्णायक गोल गरे । चन्द खेलको प्लेयर अफ द म्याचबाट पुरस्कृत भएका थिए । 

असारको १३ गतेसम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भइरहेको छ । प्रतियोगितामा सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकाँदो युवा स्पोर्ट्स क्लब, मिलन युवा स्पोर्ट्स क्लब रहेका छन् । यसैगरी समूह ‘बी’ मा न्यु डाँफे स्पोर्ट्स क्लब, जय किसान स्पोर्ट्स क्लब, रोयल नेपालगञ्ज एफसी र ओशोनिक क्लब रहेका छन् । समूह ‘ए’ र समूह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ । 

प्रतियोगिता अन्तर्गत सोमबार बिहानको खेलमा मिलन युवा स्पोर्ट्स क्लब र नव दुर्गा युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । बेलुकाको खेलमा कोहलपुर रेसिङ सहारा क्लब र कारकाँदो युवा स्पोर्ट्स क्लबबीच प्रतिष्पर्धा हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, असार २, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी–२० विश्वकप  छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
टी–२० विश्वकप छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP