Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • धम्बोझी क्लब ‘ए’ डिभिजन लिग च्याम्पियन
धम्बोझी क्लब ‘ए’ डिभिजन लिग च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १३, २०८१ बागेश्वरी पोस्ट
धम्बोझी क्लब  ‘ए’ डिभिजन लिग च्याम्पियन

नेपालगञ्ज । धम्बोझी क्लब नेपालगञ्जले लगातार दोस्रोपटक बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ को उपाधि जितेको छ । कोहलपुरस्थित तेह्र विगाहा फुटबल मैदानमा भएको फाइनल खेलमा धम्बोझीले कोहलपुर रेसिङ सहारा क्लबलाई २–० ले हराउँदै च्याम्पियन बनेको हो । जितसँगै धम्बोझी लुम्बिनी प्रदेश स्तरीय लिग फुटबलमा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ । 

च्याम्पियन बनेको धम्बोझीले १ लाख र उपविजेता कोहलपुर रेसिङ सहारा क्लबका खेलाडीहरुले ५१ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छन् । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि कोहलपुर नगरपालिका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम एन्फा सदस्य भोजराज शाही, राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, एन्फा पूर्व उपाध्यक्ष गोर्वधन सिंह सम्झना, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य जनक केसी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतले पुरस्कृत गरेका थिए । 

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा धम्बोझीका क्षितिज थापा मगर सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका छन् । यसैगरी प्रतियोगितामा कोहलपुर रेसिङका सालान परियार उत्कृष्ट गोलकिपर, धम्बोझीका विष्णु कसेरा उत्कृष्ट रक्षक, कोहलपुर रेसिङका विशाल थापा मगर उत्कृष्ट मिडफिल्डर, धम्बोझीका प्रेम कुमार सुनार सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकको रुपमा धम्बोझीका दिपेन्द्र घले पुरस्कृत भए । 

असार १ गतेदेखि सुरु भएको प्रतियोगितामा यसपटक बाँके जिल्लामा आवद्ध भएका ९ वटा क्लबले भाग लिएका थिए । प्रतियोगिताको समूह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नव दुर्गा युवा क्लब, कारकाँदो युवा स्पोर्ट्स क्लब, मिलन युवा स्पोर्ट्स क्लब रहेका थिए । समूह ‘बी’ मा न्यु डाँफे स्पोर्ट्स क्लब, जय किसान स्पोर्ट्स क्लब, रोयल नेपालगञ्ज एफसी र ओसोनिक क्लब रहेका थिए । 

चक्र चिमाला क्षेत्री सम्मानित

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ को समापनको अवसरमा कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्री सम्मानित भएका छन् । पश्चिम नेपालको फुटबल विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले क्षेत्रीलाई सम्मानपत्र प्रदान गरेका थिए । मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिताका संस्थापक क्षेत्रीले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कोहलपुरमा आयोजना गर्नमा महत्वपूर्ण योगदान गरेका थिए ।  


 


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP