नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सरकार हामीलाई पुरस्कार कहिले दिने?
सरकार हामीलाई पुरस्कार कहिले दिने?
छापाबाट
शुक्रबार, फागुन १६, २०७६ छापाबाट
सरकार हामीलाई पुरस्कार कहिले दिने?

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै मंसिर २५ गते प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर एक महिनाभित्र नगद पुरस्कार दिने घोषणा गरेका थिए। तर, खेलाडीले अझै पुरस्कार पाएका छैनन्।

सागका पदक विजेताले यसअघि पाउँदै आएको नगद पुरस्कारभन्दा प्रधानमन्त्री ओलीले बढी घोषणा गरेपछि खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि नै संशोधन गर्नुपर्ने बाध्यता थियो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि संशोधन प्रस्ताव पारित गरेको छ। नयाँ कार्यविधिमा पुरस्कारका लागि सिफारिस समिति गठन गर्नुपर्ने र समिति गठन भएको तीन महिनाभित्र सिफारिस गर्नुपर्ने व्यवस्था रहेकाले खेलाडीले पुरस्कार पाउन केही समय कुर्नुपर्ने भएको छ।

सिफारिस समिति गठन भएको छैन। समिति युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने प्रावधान छ। गत मंसिर १४ देखि २४ गतेसम्म घरेलु भूमिमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जित्दै पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो। प्रधानमन्त्री ओलीले दुईभन्दा बढी स्वर्ण विजेतालाई ११ लाख, एउटा स्वर्ण विजेतालाई नौ लाख, रजत पदक विजेतालाई ६ लाख र कांस्य विजेता खेलाडीलाई तीन लाख दिने घोषणा गरेका थिए।

व्यक्तिगत स्पर्धाका स्वर्ण विजेतालाई पुरस्कार घोषणा गरे पनि टिम इभेन्टका विजेता खेलाडीको पुरस्कार घोषणा भने हुन सकेको थिएन। टिम इभेन्टका खेलाडी कति पुरस्कार पाइन्छ भन्ने अन्योलमा थिए। १३औं सागमा दोहोरो स्वर्ण विजेता कराँते खेलाडी मन्डेकाजी श्रेष्ठले सरकार आफैंले घोषणा गरेको पुरस्कार नदिँदा नरमाइलो लागेको बताए। ‘हामीले देशको प्रतिष्ठाका लागि दिनरात नभनी मेहनत गर्‍यौं’, उनले भने, ‘सरकारले खेलाडीलाई आश्वासन मात्र दिएको छ।’ उनले हरेक दिनजसो अरू खेलाडीले पुरस्कारबारे सोध्ने गरेको पनि बताए। ‘सिनियर खेलाडी भएकाले होला, धेरै साथीहरू पुरस्कार कहिले पाइन्छ भनेर सोध्नुहुन्छ’, मन्डेकाजी भन्छन्, ‘चाँडै पाइन्छ भनेर आश्वासन दिइरहेका छौं।’

राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारी पुरस्कार कहिले पाइन्छ भन्दा पनि टिम गेमका खेलाडीले कति पुरस्कार पाउँछन् भन्ने चासो रहेको बताउँछिन्। ‘हामीले कति पुरस्कार पाउने भन्ने अन्योल छ’, रेश्मा भन्छिन्, ‘आफ्नै देशमा राम्रो नतिजा ल्याउँदा थप हौसला बढाउनुपर्नेमा हतोत्साहित गर्ने काम भएको छ।’ रेश्मा सरकार आफैंले घोषणा गरेको पुरस्कार पाउन पनि लामो समय कुर्नुपर्दा दुःख लागेको बताउँछिन्। ‘सरकारले दिने पुरस्कारबाट साथीहरूले के–के गर्छु भन्ने सपना देखेका होलान्’, महिला भलिबलमा रजत पदक विजेता टोलीकी सदस्य रेश्मा भन्छिन्, ‘सरकारले उनीहरूको सपनामा पनि तुषारापात गरिदिएको छ।’

रेश्माले सरकारले पहिले सम्मान गरोस् भनेर अरू थुप्रै निकाय र संघसंस्था कुरिरहेको बताइन्। उनी भन्छिन्, ‘सरकारले ढिलो गर्दा अरू निकाय र संघसंस्थाबाट पनि पुरस्कार पाउन सकिएको छैन।’राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले एक साताभित्र खेलाडीलाई पुरस्कार प्रदान गरिने प्रतिबद्घता जनाए। ‘केही प्राविधिक त्रुटिका कारण पुरस्कार वितरणमा ढिला भएको हो’, उनले भने, ‘अब एक साताभित्र खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ।’

उनले टिम इभेन्टका स्वर्ण विजेता खेलाडीको पुरस्कार रकमको पनि टुंगो लागेको जानकारी दिए। उपाध्यक्ष तिम्सिनाका अनुसार टिम इभेन्टका स्वर्ण विजेताले ६ लाख, रजतले चार लाख र कांस्य विजेताले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। खेलाडीको पुरस्कार रकममा करकट्टी हुने छैन। यसअघि पाँच लाखभन्दा बढी रकममा १५ प्रतिशत करकट्टी गर्ने प्रस्ताव गरिएको थियो।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले व्यक्तिगत स्पर्धाका रजत विजेताको भन्दा टिम इभेन्टका स्वर्ण विजेताको पुरस्कार रकम कम भयो भन्ने गुनासो आएपछि प्रधानमन्त्रीले घोषणा गरेको पाँच लाखमा एक लाख बढाएर ६ लाख पुर्‍याएको जानकारी दिए। ‘टिम इभेन्टका स्वर्ण विजेताले पुरस्कार रकमलाई लिएर गुनासो गरेपछि प्रधानमन्त्रीले घोषणा गरेको रकममा एक लाख थप गरी ६ लाख दिने निर्णय भएको छ’, उनले भने।अन्नपूर्णपोस्टबाट साभार।


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP