prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युवा तथा खेलकुद मन्त्री चौधरी दिनभर बाँकेमा ब्यस्त
युवा तथा खेलकुद मन्त्री चौधरी दिनभर बाँकेमा ब्यस्त
banijya office
'पत्रकारसंग साक्षात्कारदेखि कार्यकर्ता भेटघाट र रंगशाला निरीक्षण'
बागेश्वरी पोस्ट
बुधबार, भदौ ५, २०८१ बागेश्वरी पोस्ट

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी आज दिनभर बाँकेमा ब्यस्त रहे । दिउँसो सुर्खेतबाट बाँके आइपुगेका उनी अपरान्हसम्मै विभिन्न कार्यक्रममा सहभागी बने । मन्त्री चौधरीले पत्रकार सम्मेलनदेखि पार्टी कार्यकर्तासंग भेटघाट तथा रंगशाला निरीक्षण समेत गर्न भ्याए । सुर्खेतमा आगामी मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र व्यवस्थापनबारे आवश्यक जानकारी लिन विरेन्द्रनगर पुगेका मन्त्री चौधरीले बाँके झर्नासाथ सुरुमा कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका थिए । त्यसपछि उनले पत्रकार सम्मेलनमा साक्षात्कार गरे । त्यहाँबाट सिधै कांग्रेस पार्टी कार्यालय पुगेका मन्त्री चौधरीले कार्यकर्ताका कुरा सुने र आफ्ना धारणा राखे । त्यो कार्यक्रम सकेर अपरान्ह उनी नेपालगञ्ज रंगशाला अवलोकनमा पुगे । 

nepalgunj 081-082

नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले खेलाडीका सन्तानको निःशुल्क उपचार, निःशुल्क शिक्षा, रोजगारी र बीमाको व्यवस्था गर्न सरकारले अन्तिम गृहकार्य गरिरहेको बताए । मन्त्री चौधरीले खेलाडीको विदेश पलायन रोक्न सरकारले छिट्टै यी कार्यक्रम लागू गर्ने तयारीमा रहेको जानकारी दिए । उनले तत्काललाई अन्तर्राष्ट्रिय खेलाडीलाई यी सुविधा दिइने बताए ।सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी लिएर फर्किएका चौधरीले प्रतियोगितामा ३६ खेलहरु खेलाइने भएपनि बढीमा २४ खेल मात्र सुर्खेतमा सम्भव देखिएकाले बाँकी खेल नेपालगञ्ज र कोहलपुरमा खेलाउने विषयमा छलफल र अवलोकन गर्न आफू नेपालगञ्ज आएको बताए । मन्त्री चौधरीले खेलाडीको बसाइँ व्यवस्थापन समेत सुर्खेतमा गाह्रो देखिएकाले नेपालगञ्ज र कोहलपुरमा पनि व्यवस्थापन गर्ने विषयमा छलफल गरिने बताए । उनले पूर्वाधार तयारी नसकिए प्रतियोगिताको मिति सर्ने संकेत गरे । तर, यथासम्भव निर्धारित मितिमै प्रतियोगिता गर्ने गरी तयारीमा जुटेको स्पष्ट पारे । पत्रकार सम्मेलन जिल्ला अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको थियोे । पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको पनि उपस्थिति थियो ।

पार्टी कार्यकर्तामाझ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले खेलाडीहरुलाई खेलमा टिकाइराख्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताए । खेलाडीको वृत्ति विकासमा पनि सरकारले विशेष ध्यान दिने उनको भनाई छ । सुर्खेतमा आगामी मंसिरमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन बाँकेको विशेष भूमिका रहने मन्त्री चौधरीले बताए । युवाका लागि पनि मन्त्रालयले विशेष कार्यक्रम संचालन गरेकाले त्यसमा जोडिएर लाभ लिन उनले आग्रह गरे । नेपाली कांग्रेस बाँकेका सभापति गौडेलले बाँके खेलकुदको उर्वर भूमी भएकाले विशेष ध्यान मन्त्री चौधरीसमक्ष आग्रह गरे । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

May be an image of 10 people and text

त्यसपछि मन्त्री चौधरीले नेपालगञ्ज रंगशालाको निरीक्षण गरे । नेपालगञ्ज रंगशालामा निर्मित सेन्थेटिक ट्रयाक उप्किएको समाचार सार्वजनिक भएपछि त्यसको अवस्था अवलोकन गर्न उहाँ रंगशाला पुगेका हुन् । त्यसक्रममा मन्त्री चौधरीले उप्किएको सेन्थेटिक ट्रयाक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले हस्तान्तरण नहुँदै प्राविधिक कमजोरी देखिनु सुखद पक्ष नभएको भन्दै फेरि समस्या नहुने गरी तत्काल मर्मत गर्न निर्देशन दिएका हुन् । "तपाईंहरुले हस्तान्तरण अझै गर्नुभएको छैन, त्यसपछि पनि मर्मत अवधि दुई बर्ष हुन्छ," उनले भने-"कुनै गुनासो नआउने गरी काम गर्नुस्, गुणस्तरियतामा कम्प्रमाइज गर्न पाउनुहुन्न ।" मन्त्रीको निर्देशनपछि निर्माण कम्पनीका प्रतिनिधिले केही कमजोरी भएको स्वीकार गर्दै पानी परिरहेका बेलामा मर्मत गर्न नसकिने भएकाले घाम लागेर भित्रको भाग सुक्ने वित्तिकै मर्मत गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । सेन्थेटिक ट्रयाक उप्पिएको समाचार सार्वजनिक भएपछि यस विषयमा अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य समेत रहेका नेपाली क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एल.बी. क्षेत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले आजै मन्त्री चौधरीलाई प्रतिवेदन बुझाएको छ । 

May be an image of 12 peopleMay be an image of 7 people and text


प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १८:१९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP