Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्ज रात्री दौडको उपाधि पुरुषतर्फ मुकेश र महिलामा गितालाई
नेपालगन्ज रात्री दौडको उपाधि पुरुषतर्फ मुकेश र महिलामा गितालाई
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ४, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्ज रात्री दौडको उपाधि पुरुषतर्फ मुकेश र महिलामा गितालाई

नेपालगन्ज । धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करण अन्तर्गत गएराती सम्पन्न रात्री दौड प्रतियोगितामा १० किलोमिटर मेन्स ओपनमा नेपाली सेनाका मुकेश पाल प्रथम भएका छन् । यस्तै एपिएफका सन्तोष विक्रम विष्ट दोस्रो र किरण सिंह बोगटी तेस्रो भएका छन्  । धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत प्रि–इभेन्टका रूपमा संविधान दिवसको दिन पारेर नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड गएराती आयोजना गरिएको हो ।

त्यस्तै १० किलोमिटर ओमेन ओपनतर्फ बाँके नरैनापुरकी गिता कुमारी साहु, कोहलपुरकी स्वस्तिका शाही र सलिना थारु क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् । आयोजक क्रियटिभ ह्याण्डसका अनुसार १० किलोमिटर भेट्रान्स (४५ बर्ष माथि) ओपनतर्फ रैवत दाहाल प्रथम, भरत श्रेष्ठ दोस्रो र महेन्द्र बज्राचार्य तेस्रो भएका थिए ।

पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिएको छ भने भेट्रान्सतर्फका शीर्ष तीनले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाएका छन् । विजेता धावकलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य केशरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरेका थिए ।

१०औं धारा नेपालगन्ज म्याराथन नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद परेकाले मंसिर २२ गते शनिवार आयोजना हुने आयोजक क्रियटिभ ह्याण्डस्ले जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP