नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • एमजीको ब्याट्रीमा नयाँ प्रयोग, गाडीको मूल्य आधा कम
एमजीको ब्याट्रीमा नयाँ प्रयोग, गाडीको मूल्य आधा कम
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ७, २०८१ बागेश्वरी पोस्ट
एमजीको ब्याट्रीमा नयाँ प्रयोग, गाडीको मूल्य आधा कम

नेपालगन्ज । मोरिस ग्यारेज (एमजी) ले भारतमा ब्याट्री विना नै गाडी बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ स्कीम अनुसार भारतमा बिक्री गर्ने सबै मोडलमा यस्तो स्कीम दिएको हो ।

एमजीले भारतमा पहिलोपटक एमजी विन्डसरमा ब्याट्री बाहेक गाडीको मूल्य सार्वजनिक गरेको थियो । धेरैले अनौठो स्कीमको रुपमा लिएको यस योजनामा ग्राहकको प्रतिक्रिया अनुसार कोमेट र जेडएस ईभीमा पनि ब्याट्री बाहेकको गाडीको मूल्य सार्वजनिक भएको हो ।

विण्डसरको लन्चसँगै ब्याट्री रेन्टलको स्कीम ल्याएको जेएसडब्लू एमजी इन्डियाले ‘ब्याट्री एज ए सर्भिस’ (बास) नाम दिएको यो प्रोग्राममा गाडी खरिद गर्दा ब्याट्रीको पैसा तिर्नु पर्दैन । गाडी गुडाएको किलोमिटरको आधारमा मात्रै पैसा तिर्दा हुने स्कीम दिएको हो । त्यही कारण सुरुमा गाडी किन्दा ग्राहकले कम मूल्य तिर्दा हुन्छ ।

एमजीले भारतमा ब्याट्री बाहेक कोमेटको मूल्य ४ लाख ९९ हजार र जेडएस ईभीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कोमेट चलाउँदा प्रति किलोमिटर यात्रामा २.५ रुपैया रेन्टल तिर्नु पर्छ । जेडएस ईभीमा ४.५ रुपैया प्रतिकिलोमिटर तिर्नु पर्ने हुन्छ । यसअघि आएको विण्डसरमा प्रति किलोमिटर ३.५ रुपैया मूल्य तोकिसकेको छ ।

ब्याट्री सहित विन्डसरको मूल्य तोकियो
आगामी अक्टुबर ३ बाट बुकिङ सुरु हुने विन्डसरको ३८ किलोवाट आवरको ब्याट्री प्याकमा तीन भेरियन्ट एक्ससाइट, एक्सक्लुसिभ तथा इसेन्स भेरियन्ट उपलब्ध हुनेछ । यी तीन भेरियन्टको मूल्य क्रमशः १३ लाख ५० हजार, १४ लाख ५० हजार र १५ लाख ५० हजार भारतीय रुपैयाँ तोकिएको छ । यसअघि व्याट्री रेन्टल स्कीममा यसको मूल्य ९ लाख ९९ हजार तोकिएको थियो ।

एमजी विन्डसरमा ३८ किलोवाट आवरको प्रिज्म्याटिक सेल भएको एलएफपी ब्याट्रीप्याक छ । यसले सिंगल चार्जमा ३३१ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

नेपाल पनि आउने
एमजीले विन्डसर ईभी नेपालमा पनि बिक्री गर्नेछ । पारामाउन्ट मोटर्सले आगामी अक्टोबर अन्तिमसम्ममा नेपालमा बुकिङ खुला गर्ने गरी काम गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बर्दियामा नेचर गाइड तालिम
बर्दियामा नेचर गाइड तालिम
वेष्टर्न हस्पिटल सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित
वेष्टर्न हस्पिटल सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित
होटेल कल्पतरुले १०औं बार्षिकोत्सब मनायो, अब सुर्खेत र धनगढीमा पनि विस्तार हुँदै
होटेल कल्पतरुले १०औं बार्षिकोत्सब मनायो, अब सुर्खेत र धनगढीमा पनि विस्तार हुँदै
सिमिकोट-नेपालगन्जका प्रत्येक उडानमा बिरामीलाई २ टिकट अनिवार्य
सिमिकोट-नेपालगन्जका प्रत्येक उडानमा बिरामीलाई २ टिकट अनिवार्य
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP