prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अमेरिकामाथि नेपालको जित
अमेरिकामाथि नेपालको जित
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २, २०८१ बागेश्वरी पोस्ट
अमेरिकामाथि नेपालको जित

नेपालगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा विजयी शुरुवात गरेको छ । टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ ।

जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४७ रनमा समेटिएको थियो ।

अमेरिकाका लागि शयन जहानगिरले सर्वाधिक अविजित ६० रन बनाए । यस्तै आन्द्रेस गौस ३०, मिलिन्ड कुमार २२ र जसदीप सिंहले १६ रन बनाए ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । रिजन ढकाल, करण केसी र गुलशन झाले एक-एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौलेलले अविजित ४९ रन बनाए ।

यस्तै दीपेन्द्रसिंह ऐरीले २८, ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ तथा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाए ।

बलिङमा अमेरिकाका जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले दुई-दुई विकेट लिए । नोस्तुश केन्जिके र अलि खानले एक एक विकेट झारे ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिज अघि अमेरिकासँग तीन खेलको टी–२० क्रिकेट खेलेको हो । टी–२० सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।

टी–२० सिरिजपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी–२० विश्वकप  छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
टी–२० विश्वकप छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP