prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालको आन्तरिक पूँजी निर्माणमा मेरो ध्यान केन्द्रित छः डा.सुवेदी
भेरी अस्पतालको आन्तरिक पूँजी निर्माणमा मेरो ध्यान केन्द्रित छः डा.सुवेदी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १४, २०८१ बागेश्वरी पोस्ट
भेरी अस्पतालको आन्तरिक पूँजी निर्माणमा मेरो ध्यान केन्द्रित छः डा.सुवेदी

नेपालगञ्ज । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन सुवेदीले अस्पतालको आन्तरिक पूँजी निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । पूँजी निर्माणका लागि आफूले सक्दो कोशिस गर्ने उनको भनाई छ । कार्यभार सम्हालेको एक महिनापछि पत्रकारहरुसंग भेटघाट गरेका डा. सुवेदीले एमडी/एमएस अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) संग सम्झौता भइसकेकाले छिट्टै कार्यान्वयन चरणमा जाने बताए । योसंगै अब यहाँका कन्सल्टेन्ट चिकित्सकहरुले न्याम्सबाट एकेडेमिक उपाधि पाउने डा. सुवेदीले बताए । उनले अस्पतालको फार्मेसीमा बीमाले तोकेका औषधि नपाउने गरेको गुनासो बढिरहेको भन्दै त्यसलाई सहज बनाउन तिहार लगत्तै नयाँ टेण्डर आह्वान गर्ने जानकारी दिए । सिटी स्क्यानका लागि अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको भन्दै उनले दिर्घकालीनरुपमा अस्पतालको क्षमता बढाउन आफ्नो कोशिस रहने बताए । उनले अस्पताललाई भरोसाको केन्द्र बनाउन आफूले कोशिस गरिरहेको बताए । 

राम्रो सेवा दिएपछि सेवाग्राही आफैैं आउँछन् भन्ने मान्यताका आधारमा काम गरिरहेको उनको भनाई छ । अस्पतालमा भइरहेको चुहावट पनि एक मुख्य समस्या रहेको भन्दै मेडिकल सुपरिटेण्डेण्ट डा. सुवेदीले त्यसमा पनि काम गर्ने बताए । करीब २२ करोड भुक्तानी गर्नुपर्ने दायित्व रहेको बताउँदै त्यसका लागि आन्तरिक स्रोत बृद्धि गर्नुको विकल्प नरहेको उनको भनाई छ । उनले नयाँ अपरेशन थियटर (ओटी) अझै सञ्चालन गर्न नसकिएको बताए । ड्रेनेज व्यवस्थापन, अक्सिजन लिकेज, उपयुक्त ढोकाको प्रबन्ध लगायतको समस्या हल गरेपछि मात्र नयाँ ओटी सञ्चालन गर्न सकिने जानकारी दिए । सिकलसेलका विरामीका लागि डेडिकेटेड वार्ड सञ्चालन गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । डा. सुवेदीले भेरीलाई राम्रो बनाउन स्थानीय नागरिक समाज र मिडिया पैरवीको ठूलो भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गरे ।  

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले सेवा सुधारका लागि आफू आएदेखि नै पर्यत्न गरिरहेको बताए । उनले अस्पतालको आर्थिक सुधारको पाटो आवश्यक रहेको बताए । शाहले संघीय अस्पताल भएकाले संघीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेकोमा जोड दिए । पूर्वाधार र उपकरणमा संघीय सरकारले सहयोग गर्ने र अन्य कामहरु अस्पताल विकास समितिले गर्न सक्ने भएकाले अस्पताललाई बिरामीको भरोसाको केन्द्र बनाउन सकिने उल्लेख गरे ।

त्यस अवसरमा उपस्थित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. प्रकाश बुढाथोकीले संघीय अस्पतालहरुमा डिजिटल डिस्प्ले राख्ने तयारी गरेको बताए । उनले अस्पतालमा बेडहरुको अवस्था, उपलब्धता, अक्पुपेन्सीबारे सर्वसाधारणलाई सहजरुपले जानकारी दिन अस्पतालको बाहिरै डिजिटल ड्यासबोर्ड र डिस्प्ले राख्ने तयारीमा लागेको जानकारी दिए । 

प्रबक्ता डा. बुढाथोकीले देशभरका अस्पतालहरुमा जनशक्तिको अभाव भएको जानकारी गराउँदै चार जना डाक्टरले हेर्नुपर्ने विरामी एक जनाले मात्रै हेरिरहेको अवस्था रहेको बताए । उनले अस्पतालहरुमा सिस्टम बसाउन लागिरहेको बताउँदै सहज, गुणस्तरीय र सर्वसुलभ सेवाका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा अस्पताल विकास समितिका सदस्य डक्टप्रसाद धितालको पनि उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP