नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बागेश्वरी मिनी म्याराथनमा अरविन्द र गिता प्रथम  
बागेश्वरी मिनी म्याराथनमा अरविन्द र गिता प्रथम  
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १, २०८१ बागेश्वरी पोस्ट
बागेश्वरी मिनी म्याराथनमा अरविन्द र गिता प्रथम  

नेपालगञ्ज । बागेश्वरी मिनी म्याराथनमा छात्रतर्फ महेन्द्र मावि नरैनापुरका अरविन्द यादव र छात्रातर्फ महेन्द्र माविकै गिता साहु प्रथम भएका छन् । 

नेपालगञ्जमा आज सम्पन्न मिनी म्याराथनमा यादवले १८ मिनेट ३९ सेकेण्डमा दौड पूरा गरेका थिए । उक्त विधामा जनता नमुना मावि सन्तकोटी खजुराका विजय खड्का दोश्रो र ज्ञानोदय नमुना मावि खजुराका खगेन्द्र भण्डारी तेश्रो भएका छन् । यसैगरी छात्रातर्फ प्रथम भएकी साहुले २८ मिनेट १ सेकेन्डमा दौड पूरा गरेका थिए । छात्रातर्फ नेपालगञ्ज मोडेल एकेडेमी कारकाँदोकी धिरजा विष्ट दोश्रो र सोही विद्यालयकी आरुषी भट्टराई तेश्रो भएका छन् । 

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ । यसका साथै प्रथम, द्वितीय र तृतीय हुनेलाई प्लेटिनियम म्यानेजमेन्ट कलेजमा क्रमशः २ लाख ५० हजार, २ लाख र १ लाख ५० हजारको छात्रबृत्ति समेत उपलब्ध गराइएको छ । यस्तै रन फर फनमा भने योगेन्द्र बुढाथोकी प्रथम भएका छन् । अलि अहमद दोश्रो तथा विनोद बर्मा तेश्रो भएका छन् । म्याराथनमा बाँकेका २६ विद्यालयका १ सय १२ विद्यार्थी सहभागी भएका थिए ।  

रेडियो बागेश्वरीले आफ्नो २१औं वर्षको सुरुवातलाई स्मरणीय बनाउन 'हरियो विकल्प, उज्यालो भोली' अर्थात ‘ग्रीनर च्वाइस ब्राइटर टुमारो’ भन्ने नाराका साथ म्याराथन सम्पन्न गरेको हो । मिनी म्याराथनका विजेतालाई रेडियोका कार्यकारी प्रमुख सिद्धार्थ पाण्डेले पुरस्कार प्रदान गरेका थिए । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले म्याराथन प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने बताएको थिए । मिनी म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अग्रवालले समय-समयमा म्याराथन आयोजना गरिरहनुपर्नेमा जोड दिए । 

म्याराथन बिहान ७ः३० बजे नेपालगञ्ज–१० आदर्शनगर पेट्रोल पम्पबाट सुरु भएर बीपी चौक, धम्बोझी, सेतु विक चौक, त्रिभुवन चौक, हुलाक कार्यालय र शीतलनगर हुँदै पुनः पेट्रोल पम्पमा आएर समापन भएको थियो । समापन पश्चात् प्रत्येकलाई विरुवा समेत वितरण गरिएको थियो । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि रेडियो बागेश्वरीले केही दिनभित्रै “बागेश्वरी समिट“ कार्यक्रम पनि आयोजना गर्दैछ । जसमा तीन वटै प्रदेशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।


प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप: नेपालले आज इङ्गल्याण्डको सामना गर्दै
टी-२० विश्वकप: नेपालले आज इङ्गल्याण्डको सामना गर्दै
टी-२० विश्वकप आजदेखि: पहिलो खेल पाकिस्तानविरुद्ध नेदरल्यान्ड्स
टी-२० विश्वकप आजदेखि: पहिलो खेल पाकिस्तानविरुद्ध नेदरल्यान्ड्स
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP