नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने
नेपालगञ्जमा सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने
पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिलाई क्लबद्वारा बधाई ज्ञापन
बागेश्वरी पोस्ट
बुधबार, पुस ३, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने

नेपालगञ्ज । नेपालगञ्जमा सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा यही पुस ६ गते मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको हो । नेपालगञ्ज नगरलाई साइकल सिटीका रुपमा चिनाउने तथा वातावरणमैत्री सहरका रुपमा विकास गर्ने उद्देश्यका साथ वि.सं. २०७५ देखि प्रत्येक वर्ष प्रतियोगिता हुँदै आएको छ । 

नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कविराम बुढाथोकीले प्रतियोगितामा देशभरबाट ९० जना बढी महिला र पुरुष खेलाडी सहभागी हुने  जानकारी दिए । प्रतियोगिता विभिन्न ५ विधामा आयोजना हुनेछ । दुई विधामा राष्ट्रिय स्तरका खेलाडीहरुले सहभागिता जनाउने आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।  

May be an image of 5 people, dais and text

जस अन्तरगत MTB MALE ३५ किलोमिटर, MTB MASTER २५ किलोमिटर,  MTB स्कुल लेभल १६ किमी, साधारण साइकल पुरुष २२ किमी र साधारण साइकल महिला १६ किलोमिटर विधा समावेश छन् । प्रतियोगिता नेपालगञ्जस्थित वीपी चोकबाट विहान सुरु हुने जनाइएको छ । प्रतियोगिताका विजेतालाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष टुर डे ठाकुरद्वारा पनि आयोजना गर्दै आएको छ । 

त्यस अवसरमा नेपालगञ्ज साइक्लिङ क्लबले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई बधाई एवम् सम्मान समेत गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई र नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटाले नवनिर्वाचित लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके अध्यक्ष नवीन गिरीसहित पदाधिकारी, सदस्य, केन्द्रिय पार्षद र प्रदेश पार्षदलाई टीका र खादा लागाएर बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा उपप्रमुख राई र पत्रकार महासंघ बाँके अध्यक्ष गिरीले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरेका थिए । त्यस अवसरमा नेपालगञ्ज साइक्लिंग क्लबका अध्यक्ष सापकोटाले पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै प्रतियोगिताबारे जानकारी गराएका थिए । कार्यक्रम संयोजक बुढाथोकीले प्रतियोगितासम्बन्धि प्रेस विज्ञप्ती वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव इन्द्रकुमार गिरीले गरेका थिए । 

May be an image of 9 people, dais and text


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP