prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • जनकपुर बोल्ट्सले जित्यो एनपीएल टी-२० उपाधि
जनकपुर बोल्ट्सले जित्यो एनपीएल टी-२० उपाधि
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ६, २०८१ बागेश्वरी पोस्ट
जनकपुर बोल्ट्सले जित्यो एनपीएल टी-२० उपाधि

काठमाडौँ । प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो । 

१८५ रनको चुनौती जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । ओपनर ब्याट्सम्यान श्रीलंकाका लहिरु मिलान्थाले ४९ बलमा ८७ रन बनाए । 

त्यस्तै कप्तान आसिफ शेखले १९ बलमा ३३ तथा हर्ष ठाकेरले रन बनाए । कमजोर बलिङ गरेको सुदूरपश्चिमका स्कट कुग्गेलजिन, दिपेन्द्र सिंह ऐरी, सैफ जैब र इशान पाण्डेले १–१ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । पहिलो १०.१ ओभरमा १०३ रन बनाएको सुदूरपश्चिमले दोस्रो दश ओभरमा भने अपेक्षा अनुसार रन जोड्न सकेन । 

पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेको सुदूरपश्चिमका लागि सैफ जैबले ४३ बलमा ६९ रन बनाए । त्यस्तै विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए । 

त्यस बाहेक सुदूरपश्चिमका खेलाडीहरुले खासै उल्लेखनीय ब्याटिङ गरेनन् । किशोर महतोले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित राजबंशीले १ विकेट लिएका छन् । ललित र सुदूरपश्चिमका स्कटले लिगकै सर्वाधिक समान १७ विकेट लिएका छन् । 

यसअघिका दुवै भिडन्तमा सुदूरपश्चिमले जनकपुरलाई हराएको भए पनि फाइनलमा जनकपुरले बदला लिएको हो । 

जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ८ विकेटले पराजित भएको थियो भने लिग चरणमा ७२ रनले पराजित भएको थियो । 

बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल पुगेसँगै सुदूरपश्चिमसँग उपाधि भिडन्त गरेको थियो । 

उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ जितेको छ । सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पाएको छ । 

तेस्रो भएको कर्णाली याक्सले २५ लाख तथा चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पाएको छ । 

 

 


प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी–२० विश्वकप  छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
टी–२० विश्वकप छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP