Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • जानकीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
जानकीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ७, २०८१ बागेश्वरी पोस्ट
जानकीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

जानकी (बाँके) । जानकी गाउँपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आजदेखि ९ गतेसम्म प्रतियोगिता हुनेछ । जिल्ला समन्वय समिति बाँकेका संयोजक प्रमुख अतिथि ज्ञानेन्द्र कुमार चौधरी र जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले पढ्ने र खेल्ने उमेरमा अहिले धेरै विद्यार्थीले नशा सेवन गरिरहेको अबस्था रहेको बताउँदै कुलत छाडेर पढाई र खेलकुदमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले जानकी गाउँपालिकामा विद्यालयहरुको नतिजा राम्रो नआएकाले अभिभावकहरु पनि सचेत हुनुपर्ने बताए ।

जानकीका अध्यक्ष खाँले विद्यालयमा राम्रो नतिजा नआएकाले शिक्षामा बजेट धेरै छुट्याएको र जानकीलाई शिक्षामा राम्रो बनाउनका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले जानकीका विद्यार्थी पढेर असल र सफल मान्छे बनेको देख्न चाहेको भन्दै त्यसको लागि पालिकाको तर्फबाट आफूले गर्नुपर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताए ।

आज पहिलो दिन छात्रहरुको भलिबलतर्फ दुई ग्रुपमा भएको खेलमा मावि बन्जारेगाउँ र ब्राइटस्टार इंग्लिस स्कुल विजेता भएका छन् । यस्तै छात्राहरुको कवड्डीतर्फ ग्रुपमा मावि भटनपुरवा, ब्राइटस्टार इंग्लिस मिडियम स्कुल, शिवपुरी मावि, जानकी मावि र शिवपुरी मावि विजेता भएका छन् ।
 
कार्यक्रममा प्रवक्ता टिकानाथ यादव, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल पूर्व सभापति किरण कोइराला, महासमिति सदस्य लक्ष्मी नारायण शाह, नक्की खाँ, नेकपा एमालेका प्रतिनिधि, माओवादी केन्द्रका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रमुखहरुले बोलेका थिए । उद्घाटन समारोहमा उपाध्यक्ष रामप्यारी यादव र प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा जानकी गाउँपालिकामा रहेका ३९ वटा विद्यालयहरु मध्ये ११ वटा विद्यालय सहभागी भएका छन् ।


प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP