नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु
सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु
खेलकुदको क्षेत्रमा राप्तीसोनारी उर्वर भूमि होः अध्यक्ष पौडेल
बागेश्वरी पोस्ट
बुधबार, पुस १०, २०८१ बागेश्वरी पोस्ट
सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शिवशक्ति माध्यमिक बिद्यालयमा आजदेखि १७औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको खेलकुद विकास समितिको आयोजना तथा शिवशक्ति माध्यमिक बिद्यालय शम्शेरगन्ज पेरानीको संयोजनमा आयोजित प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै उनले राप्तीसोनारी गाउँपालिका खेलकुदको क्षेत्रमा उर्वरभूमि रहेको बताए । ‘राप्तीसोनारी खेलकुदको क्षेत्रमा उर्वरभूमि हो,' उनले भने–‘यस्ता प्रतियोगिताहरुले नयाँ खेलाडीको खेल कौशलको पहिचान गर्नमा सघाउ पुर्याउँछन् ।’ उनले राप्तीसोनारीबाट थुप्रै खेलाडीहरुले विभिन्न विधामा राष्ट्रिय पहिचान बनाएको पनि उल्लेख गरे । ‘राप्तीसोनारीका थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान दिलाउनु हाम्रा लागि गौरवका कुरा हो,' उनले भने–‘ गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताबाट विजयी भएका खेलाडीहरुले जिल्लामा पनि उत्कृष्ट प्रदर्शन गर्दै पदक भित्र्याउने छन् भन्ने विश्वास लिएको छु ।’ उनले खेलकुदका क्षेत्रमा पालिकाले विद्यालयदेखि नै खेल प्रशिक्षणका कार्यक्रमहरुलाई अगाडि बढाएको पनि बताए । 

पूर्व कृषि मन्त्री प्रेमबहादुर भण्डारीले विद्यालय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई प्रेरित गर्ने बताए । उनले प्रतियोगितालाई स्वस्थ प्रतिस्पर्धाका रुपमा लिन पनि आग्रह गरे । यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पनि खेलकुदका क्षेत्रमा राप्तीसोनारीले आफ्नो पहिचान स्थापित गरेको बताइन् । उनले खेलकुदको क्षेत्रमा सम्भावना देख्ने विद्यार्थी भाइबहिनीहरुको प्रतिभा प्रष्फुटन गर्ने अवसरका रुपमा पनि यो प्रतियोगितालाई लिन सकिने कुरामा जोड दिइन् । शिवशक्ति माध्यमिक बिद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओपेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

उद्घाटन कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षासँग सम्वन्धित शिक्षक संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, राजनीतिक दलका नेता, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विद्यालयहरुले मार्च पास गरेको बिद्यालयका प्रधानाध्यापक पुष्कर खड्काले जानकारी दिए । प्रतियोगितामा ५४ विद्यालयका १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा सहभागी भएको प्रतियोगिताका संयोजक लेखराज वलीले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP