Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • 'महिला फुटबलको उच्चतम् विकासको खाँचो'
'महिला फुटबलको उच्चतम् विकासको खाँचो'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १२, २०८१ बागेश्वरी पोस्ट
'महिला फुटबलको उच्चतम् विकासको खाँचो'

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा महिला फुटबलको उच्चतम् विकासको खाँचो रहेको बताएका छन् । नेपालगञ्ज रंगशालामा रहेको लुम्बिनी कप महिला फुटबलको सचिवालय निरीक्षणका क्रममा मन्त्री चौधरीले दक्ष खेलाडी उत्पादनका लागि लुम्बिनी कप महिला फुटबलले महत्वपूर्ण अवसर सिर्जना गर्न सक्ने विश्वास समेत व्यक्त गरे । 

मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल शुरुवात हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए । लुम्बिनी कप महिला फुटबलको सफलताको शुभकामना समेत ब्यक्त गर्दै मन्त्री चौधरीले प्रतियोगितालाई निरन्तरता दिन पनि आग्रह गरे । 

त्यस अवसरमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबल प्रदेशकै लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले प्रतियोगितालाई सफल बनाउन लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘हामीले प्रतियोगितालाई दृष्टिगत गरेर नेपालगञ्ज रंगशालाको मैदान व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरेका छौ,' सदस्य सचिव गौतमले भने । 

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका समेत गरी आठ टिम सहभागी हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । प्रतियोगिता पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्नुका साथै पर्यटन विकासमा समेत कोशेढुंगा सावित हुने शाहको भनाई छ । 

यसैबीच, मन्त्री चौधरीले आजै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको भौतिक पूर्वाधार तथा वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । त्यस क्रममा मन्त्री चौधरीलाई क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले समितिको भौतिक अवस्था र खेल गतिविधिबारे जानकारी गराएका थिए । निरीक्षण टोलीमा लुम्बिनी खेलकुद विकास परिषद्का निवर्तमान सदस्य सचिव भीम ओली लगायतको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP