नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज उद्योग बाणिज्य संघद्वारा पत्रकार महासंघमा नवनिर्वाचितलाई सम्मान
नेपालगञ्ज उद्योग बाणिज्य संघद्वारा पत्रकार महासंघमा नवनिर्वाचितलाई सम्मान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज उद्योग बाणिज्य संघद्वारा पत्रकार महासंघमा नवनिर्वाचितलाई सम्मान

नेपालगञ्ज । नेपालगञ्ज उद्योग बाणिज्य संघले नेपाल पत्रकार महासंघमा नवनिर्वाचितहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । संघको ५७औं स्थापना दिवसको अवसरमा आज संघको कार्यालय त्रिभुवनचोकमा आयोजित एक कार्यक्रमका बीच गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचितहरुलाई सम्मान गरिएको हो । 

संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशमा बाँकेबाट निर्वाचित पदाधिकारी एवम सदस्य, जिल्ला कार्यसमिति तथा केन्द्रिय र प्रदेश पार्षदलाई माला, टीका र खादा लगाई सम्मान गरिएको हो । संघका अध्यक्ष धामी, पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य लगायतले सम्मान गरेका थिए । 

कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालगञ्ज उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघबीच अझ उन्नत र बृहत सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । पेशागत सवालसंगै दुबै संस्थाले विगतमा आर्थिक, सामाजिक एवम् राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै बक्ताहरुले भविष्यमा पनि आपसी सहकार्य र समन्वयमा जोड दिए ।

संघका अध्यक्ष धामीले विगतदेखि नै पत्रकार महासंघसंग समन्वय र सहकार्य हुँदै आइरहेको स्मरण गराउँदै अब पनि त्यसरी नै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । उनले नेपालगञ्जका उद्योगी व्यवसायीले भोगेका समस्याका बारेमा पत्रकारहरुले साथ दिइरहेको चर्चा गर्दै उद्योगी ब्यवसायीका मुद्दामा आगामी दिनमा पनि साथ समर्थनको अपेक्षा गरेको बताए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र जिल्ला अध्यक्ष नवीन गिरीले बधाई र सम्मानका लागि संघलाई धन्यवाद ब्यक्त गर्दै एउटै चरित्रका संस्था भएकाले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । महासंघको संस्थागत विकासमा संघको भूमिका रहने उनीहरुको भनाई छ । 

स्थापना दिवसको अवसरमा पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो । पूर्व अध्यक्षद्वय श्रेष्ठ र बैश्य तथा पूर्व अध्यक्ष स्वर्गीय दामोदर आचार्यकी धर्मपत्नीलाई संघका अध्यक्ष धामीले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठ र बैश्यले संघको गौरवमय इतिहास रहेको चर्चा गर्दै अग्रजलाई सम्मान गर्ने परिपाटीले संस्थाको सधैं हित हुने बताए । नेपालगञ्ज उद्योग बाणिज्य संघले विगतमा नागरिक अगुवा संगठनका रुपमा काम गरेर स्मरण गराउँदै उनीहरुले पत्रकार महासंघ र संघबीच नंग र मासुको सम्बन्ध रहेको चर्चा गरे । त्यस क्रममा 'केक' समेत काटिएको थियो । 

यसैबीच संघले माघ १० देखि २२ गतेसम्म सञ्चालन गर्न लागेको दोस्रो प्रादेशिक महोत्सवको तयारी तीब्र पारिएको अध्यक्ष धामीले बताए । धामीले महोत्सवलाई भव्य बनाउने गरी लागिपरेको बताए । उनले महोत्सब सफल पार्न मिडियाको अहम् भूमिका हुने बताए । धामीले स्टल निर्माण सुरु गरेको जानकारी दिए । मेला अघि रोजगार मेला समेत सञ्चालन गरिने उनको भनाई छ । 

प्रथम उपाध्यक्ष चिरञ्जीवी वलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव भीमबहादुर रानाभाटले गरेका थिए । 
 


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP