नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुर नगरपालिकाद्वारा राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेललाई सम्मान
कोहलपुर नगरपालिकाद्वारा राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेललाई सम्मान
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ७, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाद्वारा राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेललाई सम्मान

नेपालगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई कोहलपुरमा भब्य स्वागत तथा सम्मान गरिएको छ । आज कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनका लागि आइपुगेका कप्तान पौडेललाई जनप्रतिनिधि तथा खेलप्रेमीहरुले स्वागत तथा सम्मान गरेका हुन् ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी र सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा लगायतले पौडेललाई सम्मान गरेका हुन् । कप्तान पौडेललाई स्वागत गर्दै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा राष्ट्रिय टिम छनौट समितिका संयोजक एलबी क्षेत्रीले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सबैको सहयोग आवश्यक रहेको बताए । 

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई लुम्बिनीको पहिचानका रुपमा यसको प्रवद्र्धन र स्तरउन्नति गराउन खेलाडीहरुको महत्वपूर्ण भूमिका रहने बताइन् । कोहलपुर नगरपालिकाले हरेक वर्ष उपमेयर कप क्रिकेट प्रतियोगिता गराउँदै आएको जानकारी दिँदै उनले प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि समेत नगरपालिकाबाट बजेट विनियोजन गरिने बताइन् । कोहलपुर नगरपालिकाले शिक्षा र खेलकुदका क्षेत्रमा ठूलो लगानी गरिरहेको उनको भनाई थियो । 

कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मानले थप उर्जा प्राप्त भएको बताएका थिए । उनले स्थानीयस्तरबाटै खेलाडी उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने धारणा राखेका थिए । पौडेलले ८ फेब्रुअरी २०१८ मा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा नेपालका लागि लिस्ट 'ए' बाट क्रिकेटमा डेब्यू गरेका थिए । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनको यो पहिलो स्थलगत अवलोकन हो ।
 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP