नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रादेशिक महोत्सबमा नृत्य प्रतियोगिता शुरु
प्रादेशिक महोत्सबमा नृत्य प्रतियोगिता शुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ११, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सबमा नृत्य प्रतियोगिता शुरु

नेपालगञ्ज । नेपालगञ्जमा अन्तर विद्यालय नृत्य तारा २०८१ शुरु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सबको दोस्रो दिनदेखि एकल नृत्य प्रतियोगिता शुरु भएको हो । महोत्सव साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार आज जिल्लाका सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुति दिएका थिए । प्रतियोेगिताबाट पाँच जना प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोट भए ।

माघ ११ गतेदेखि १५ गतेसम्म हुने पहिलो चरणमा जिल्लाका ३५ जनाले नृत्यमा भाग लिनेछन् । माघ १६ गतेदेखि १८ गतेसम्म शिर्ष २० जना छनोट हुनेछन् । माघ १९ र २० मा शिर्ष १४ बीच सेमिफिनाले चरणका प्रतिस्पर्धा हुनेछन् । महोत्सव समापन हुने अघिल्लो दिन २१ माघमा शिर्ष १० बीच ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने बाँकी ७ जनाले जनही ५ हजार र प्रमणपत्र पाउनेछन् । वरिष्ठ सल्लाहकार गुरुङका अनुसार सो प्रतियोगिताको पुरस्कार प्रायोजन नेपाल ज्वैलर्स नेपालगञ्ज धम्बोझीले गरेको छ । महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारले हरेक दिन दुई वटा साँस्कृतिक पहिचान झल्कने सामुहिक नृत्य प्रस्तुत गरिरहेका छन् । स्थानीय गायकगायिकाले आफ्नो प्रस्तुति दिइरहेका छन् ।

यसैबीच, नेपालगञ्जको कारकाँदोस्थित सडक विभाग परिसरमा जारी महोत्सबको दोस्रो दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिए । महोत्सबमा दर्शकको उल्लेख्य उपस्थिति थियो । नेपालगञ्जसहितका केही पालिकाहरुले दिएको चिसो विदाका कारण समेत दर्शकको संख्या बढेको हो । महोत्सबको दोस्रो दिन सज्जन धामी, रितु कँडेल र हाउडे माया उपमाबाट परिचित श्रृजना खत्रीको बेजोड प्रस्तुति रह्यो । उनीहरुले चर्चित गीत गाएर दर्शक तथा अतिथिहरुलाई छमछमी नचाए । साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामीका अनुसार महोत्सबको तेस्रो दिन शनिबार चर्चित लोक दोहोरी गायिका ज्योति मगरसहित हास्यव्यङ्ग्य कलाकार दमन रुपाखेती र गजल गायक थानेश्वर गौतमको प्रस्तुति रहनेछ ।

महोत्सबको मुख्य आयोजक नेपालगञ्ज उद्योग वाणिज्य संघ, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह-आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ । महोत्सवमा मुख्य प्रायोजक के.एल. दुगड ग्रुप, उप–मुख्य प्रायोजक कृषि विकास बैंक, सह–प्रायोजक ओमोडा जेकेव रहेका छन् । त्यसैगरी महोत्सबको प्रायोजक राष्ट्रिय वाणिज्य बैंक, ग्लोवल आइएमई बैंक, सिद्धार्थ बैंक लि., एनसेल, शिखर प्लाइ, डल्फीन ग्रुप रहेका छन् । पर्यटन सहकार्य बाँके राष्ट्रिय निकुञ्ज, इन्टर स्कुल डान्सिङ स्टार प्रतियोगिताको पुरस्कार प्रायोजक नेपाल ज्वैलर्स नेपालगन्ज, अफिसियल इन्सुरेन्स नेको इन्सुरेन्स कारकाँदो शाखा, अफिसियल बैंक एभरेष्ट बैंक, टिकट प्रायोजक बिवाइडी, हस्पिटालीटी कलपत्रु होटल प्रालि नेपालगञ्ज रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिका महोत्सबको प्रर्बद्धक छन् । एभिन्युज टेलिभिजन र जी नेपाल एचडी टेलिभिजन पार्टनर, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगञ्ज, रेडियो पार्टनर कृष्णसार एफ.एम. र सोसल मिडिया पार्टनर टीभी कृष्णसार छन् ।
 


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP