नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रादेशिक महोत्सवमा एकै पटक एक हजार जना खेल्न सक्ने बाल उद्यान 
प्रादेशिक महोत्सवमा एकै पटक एक हजार जना खेल्न सक्ने बाल उद्यान 
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १८, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सवमा एकै पटक एक हजार जना खेल्न सक्ने बाल उद्यान 

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगञ्जमा जारी प्रादेशिक महोत्सव २०८१ को बाल उद्यानमा एकै पटकमा एक हजार जनाले खेल्न सक्ने दर्जन बढी मनोरञ्जनात्मक खेल छन् । नारायणी फेयर एण्ड एक्जिविसन नेपाल चितवनले ठेक्कामा लिएको बाल उद्यान तथा रमाइलो मेलाका सञ्चालक विद्यार्थी शाहका अनुसार एकै पटक एक सय जना खेल्न मिल्ने नाउडा (ठूलो डुंगा) छ । । ५० जनाले एक साथ खेल्न मिल्ने अर्को सानो डुंगा पनि छ । १० जनाले खेल्ने सानो नाउ पनि छ ।  

एकै पटकमा ४० जनाले खेल्न सक्ने ठूलो झुला (पिङ) त दुई दुुई वटा छन् । एउटा मिनी रेल, दुई वटा मिक्की माउस, ब्रेक डान्स, ३ वटा जम्पिङ, ६/६ जना बच्चाले खेल्न मिल्ने नानो कार र धुम बाइक पनि महोत्सवमा राखिएको छ । २४ जना क्षमताको चेरो प्लेन, २० जना क्षमताको मिनी रेल पनि रमाइलो मेलाको आकर्षण हो । सञ्चालक शाह भन्छन्, ‘यी सबै खेल एक साथ खेलाउँदा पनि हामीसँग एकै पटकमा एक हजार जनालाई एक साथ खेलाउन सक्ने क्षमता छ । विदाका दिनमा रमाइलो मेलामा अलि बढी भीड लाग्ने गरेको छ ।’

नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवको बाल उद्यान तथा विविध मनोरञ्जन उप–समितिका संयोजक शिवप्रसाद दाहाल महोत्सबको अर्को आकर्षण बाल उद्यान तथा रमाइलो मेला भएको बताउँछन् । ‘धेरै जनाको रोजाइ नाउडा (ठूलो डुंगा) र अग्लो पिङ हुने गरेको छ । बालबालिकाहरु जम्पिङमा बढी रमाइरहेको देख्छु’, संयोजक दाहाल भन्छन्, ‘कोही स्टलका सामान किन्न आउँछन् । कोही सांगितिक कार्यक्रममा रमाउँछन् । कसैले रमाइलो मेलाबाट मनोरञ्जन लिइरहेका छन् ।’

महोत्सव प्रचार समितिका संयोजक डम्बर बहादुर चन्द महोत्सवमा दिनदिनै दर्शकको आकर्षण बढिरहेको बताउँछन् । उनी बाँकेबासीलाई आव्हान गर्छन्, ‘लामो समयको अन्तरालमा नेपालगञ्जमा प्रादेशिक महोत्सव सञ्चालन भइरहेकाले सबैलाई एक पटक भए पनि मेलामा अवलोकनका लागि आग्रह गर्दछु ।’ प्रचार संयोजक चन्दका अनुसार महोत्सवमा झण्डै ३०० वटा स्टल राखिएका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP