prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • दाङको दिव्य ज्योति स्कुलले विभिन्न कार्यक्रम गर्दै मनायो आफ्नो २८ औं बार्षिकोत्सब
दाङको दिव्य ज्योति स्कुलले विभिन्न कार्यक्रम गर्दै मनायो आफ्नो २८ औं बार्षिकोत्सब
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २३, २०८१ बागेश्वरी पोस्ट
दाङको दिव्य ज्योति स्कुलले विभिन्न कार्यक्रम गर्दै मनायो आफ्नो २८ औं बार्षिकोत्सब

तुलसीपुर । दाङको दिव्य ज्योति इंग्लिश बोर्डिङ स्कूलले आफ्नो २८ औं बार्षिकोत्सब मनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२  कचिला अवस्थित दिव्य ज्योति इंग्लिश बोर्डिङ स्कूलले मंगलबार विभिन्न कार्यक्रम गर्दै २८ औं बार्षिकोत्सब कार्यक्रम तथा अभिभावक भेला सम्पन्न गरेको हो ।

व्यवस्थापन समितिका अध्यक्ष तथा सन्चालक समितिका सदस्य शक्ति कुमार शर्माको सभापतित्व एवम् संविधान सभा सदस्य बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान गर्नुका साथै एकेडेमीकतर्फ र खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 

विद्यालयका पूर्व प्रधानाध्यापक इन्दिरा शर्माको स्वागत मन्तव्यबाट सुरु गरिएको २८ औं बार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य भण्डारीले गुणस्तरीय र जीवनोपयोगी शिक्षामा विशेष जोड दिँदै विद्यार्थीहरुको बृत्ति विकासमा विद्यालयले ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट दिव्य ज्योतिले उत्कृष्ट शिक्षा प्रदान गर्दै आएकोमा सबैले गर्व गर्नुपर्ने बताए ।  

त्यस्तै विद्यालयका सन्चालक समिति सदस्य, संस्थापक प्रधानाध्यापक एवं नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले दिव्य ज्योतिमा शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालय व्यवस्थापन समिति, सन्चालक समिति, शिक्षक, अभिभावक र सरोकारवाला निकायको अहम् भूमिका रहेको बताए । 

कार्यक्रमका विशिष्ट अतिथि तथा अभिभावकतर्फका वक्ताहरुले शिक्षा नै समाज परिवर्तनको महत्वपूर्ण साधन भएकाले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन आवश्यक रहेको बताएका थिए । 

त्यस अवसरमा विद्यालयमा शतप्रतिशत उपस्थित रहेकी शिक्षिका इन्द्रा वलीलाई प्रमुख अतिथि भण्डारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने विद्यालयकै उत्कृष्ट विद्यार्थी एलिजा बिएमलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक रोशन गिरीले जानकारी दिए ।

कार्यक्रममा दिव्य ज्योति स्कुल प्रथम भएका, नियमित विद्यालय आउने र खेलकुद, अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको गर्दै विभिन्न नृत्य प्रस्तुत गरिएको हो ।

विशिष्ट अतिथि पूर्व जिल्ला बिकास समिति सदस्य तथा समाजसेवी केशव राज आचार्य, नेत्र ज्योति संघ दाङका अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कुमार गिरी रहेको २८ औं बार्षिकोत्सब समारोहमा वडा नम्बर १२ का वडा सदस्य शेषमणि भण्डारी, वडा नम्बर १३ की वडा सदस्य बिनिता परियार, अभिभावक तथा समाजसेवी खिम बहादुर वली, देबेन्द्र रिजाल, तारा बहादुर कार्की, मदन वली, पुष्प राज गिरी, चिरञ्जीवी वली, बलदेव रजौरे, शिक्षक अभिभावक संघ दिव्य ज्योतिका अध्यक्ष नरेश चौधरी, पतन्जली योग समिति दाङका सदस्य तथा शिक्षक अभिभावक संघकै सदस्य रोबर सिंह ढकाल लगायत सयौं अभिभावक, विद्यालय सन्चालक समिति सदस्य लगायत शिक्षक-शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

विद्यालय सन्चालक समितिका सदस्यहरु निम बहादुर केसी र वसन्त पोखरेल समेतको उपस्थिति रहेको बार्षिकोत्सब समारोहमा विद्यालयका संस्थापक अध्यक्ष तथा सन्चालक समितिका अध्यक्ष शंकर गिरीले उपस्थित सबै र विद्यालयका उत्कृष्ट विद्यार्थी, विद्यालयप्रति अभिभावकले गरेको माया र विद्यालयलाई शतप्रतिशत नतिजा निकाल्नमा महत्त्वपूर्ण योगदान दिने शिक्षकहरुलाई विषेश धन्यवाद ज्ञापन गरेका थिए ।

विद्यालयका पूर्व प्रधानाध्यापक तथा सन्चालक समिति सदस्य बिनोद बस्नेत र शिक्षिका बिना वली गिरीले सन्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक रोशन गिरीले विद्यालय वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्थापनाकालदेखि अध्यापनरत शिक्षिका मोहिनी लामिछानेको बिदाई गरिएको थियो ।

वि.सं. २०५३ फागुन १ गते सरस्वती पूजाका दिन स्थापना भएको दिव्य ज्योति इंग्लिश बोर्डिङ स्कूलबाट हालसम्म २४ ब्याचले एसएलसी उत्तीर्ण गरिसकेको छ ।

 

 


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP