नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप फुटबलः आदर्श मावि राँझा, ग्रिनपिस र आदर्श मावि नेपालगञ्ज विजयी
मेयर कप फुटबलः आदर्श मावि राँझा, ग्रिनपिस र आदर्श मावि नेपालगञ्ज विजयी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २७, २०८१ बागेश्वरी पोस्ट
मेयर कप फुटबलः आदर्श मावि राँझा, ग्रिनपिस र आदर्श मावि नेपालगञ्ज विजयी

नेपालगञ्ज । आदर्श मावि राँझा, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगञ्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् । 

नेपालगञ्ज रंगशालामा आज भएको पहिलो खेलमा आदर्शले जय बागेश्वरी स्कुललाई ३–२ ले पराजित गरेको छ । आदर्शको जितमा खगेन्द्र थापाले २ गोल र आकाश सुनारले १ गोल गरे । प्लेयर अफ द म्याचको ट्रफी जित्न सफल खगेन्द्रले २३औं र ३१औं मिनेटमा गोल गरेका थिए भने आकाशले १४औं मिनेटमा गोल गरेका थिए । जय बागेश्वरीको तर्फबाट करण शाहीले २५औं मिनेट र विवेक चौधरीले २०औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच खगेन्द्रलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका जनक केसीले ट्रफी प्रदान गरेका थिए । 

दोस्रो खेलमा दिपेश भण्डारीले निर्णायक गोल गरेपछि ग्रिनपिसले मुनतारा स्कुल राँझालाई १–० ले पराजित गरेको छ । प्लेयर अफ द म्याच दिपेशले खेलको ५८औं मिनेटमा गोल गरेका थिए । दिपेशलाई नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार निरज गौतमले ट्रफी प्रदान गरे । यसैगरी तेस्रो खेलमा आदर्शले पेनाल्टी सुटआउटमा सेन्ट थोमस स्कुललाई ३–१ ले पराजित गरेको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा आदर्शको लागि सन्दिप बुढा, रोशन घर्तिमगर र सक्षम थापा मगरले गोल गरेका थिए । सेन्ट थोमसको लागि अमन केसीले मात्र गोल गर्न सके । खेलको प्लेयर अफ द म्याच राकेश चौधरीलाई पूर्व राष्ट्रिय फुटबल खेलाडी एवम् एनजिओ फेडरेशन बाँकेका पूर्व अध्यक्ष तेजबिक्रम शाहले पुरस्कृत गरे । 

धम्बोझी मावि र सिद्धार्थ विद्या सदनबीचको खेल कमजोर प्रकाश ‘भिजिबिलीटी’ का कारण गोलरहित बराबरीको अवस्थामा स्थगित गरिएको छ । स्थगित गरिएको खेल सोमबार बिहान खेलाइने आयोजक टिमले जनाएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्रतर्फ २१ टिमको सहभागिता रहेको छ । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । 


 


प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ?  यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ? यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP