prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी कप महिला फुटबलको तयारी तीब्र, विशिष्ट व्यक्तिहरुद्वारा चासो व्यक्त 
लुम्बिनी कप महिला फुटबलको तयारी तीब्र, विशिष्ट व्यक्तिहरुद्वारा चासो व्यक्त 
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २८, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी कप महिला फुटबलको तयारी तीब्र, विशिष्ट व्यक्तिहरुद्वारा चासो व्यक्त 

नेपालगञ्ज । नेपालगञ्जमा लुम्बिनी कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजनाको तयारी तीब्ररुपमा अघि बढिरहेको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले नेपालगञ्ज रंगशालामा आगामी फागुन १९ गतेदेखि २९ गतेसमम प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । 

प्रतियोगिताको लोगो सार्वजनिक भएसँगै यसको तयारीलाई तीव्रता दिइएको हो । लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रातो रङ्ग समेटिएको छ ।प्रतियोगितालाई उचित व्यवस्थापनका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले पनि आफ्नो कामलाई तीव्रता दिएका छन् । आर्थिक उपसमिति, समन्वय उपसमिति, सांस्कृतिक उपसमिति, प्रचार प्रसार उपसमिति लगायतका उपसमितिहरुको दिनहुँजसो बस्ने बैठकले प्रतियोगिता व्यवस्थापनका पक्षलाई सूक्ष्मरुपमा अध्ययन गरेर कामलाई गति दिइरहेको अन्तरालका प्रमुख कार्यकारी शाहले बताए । 

यसैगरी, लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारीका बारे विशिष्ट व्यक्तिले चासो समेत व्यक्त गर्न थालेका छन् । प्रतियोगिता आयोजनाको उल्टो गन्ती शुरु भएसंगै केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिहरुले चासो व्यक्त गर्न थालेका हुन् । प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र त्यहाँ रहेको सचिवालयको स्थलगत अवलोकन गर्दै विशिष्ट व्यक्तिहरुले आवश्यक सहयोगका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । 

संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक, बाँके क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौर, प्रतिनिधिसभा सदस्य दिपा शर्मा, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमूना, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व प्रवक्ता मोहना अन्सारी लगायतका विशिष्ट व्यक्तिहरुले प्रतियोगिता तयारीको अनुगमन गर्दै सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

यस्तै, नेपाली कांग्रेस, बाँकेका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्रबहादुर सिंह र नेपाली कांग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतले पनि प्रतियोगिता तयारीको स्थलगत अवलोकन गरेका छन् ।


 


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP