prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि रमेश र टेक बहादुरले जिते
भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि रमेश र टेक बहादुरले जिते
banijya office
बागेश्वरी पोस्ट
सोमबार, माघ २८, २०८१ बागेश्वरी पोस्ट
भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि रमेश र टेक बहादुरले जिते

नेपालगञ्ज । नेपालगञ्जमा आयोजना गरिएको प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि रमेश श्रेष्ठ र टेक बहादुर गुरुङले जितेका छन् । खुल्लातर्फ कमल देवकोटा र अज बहादुर शाहीको जोडी प्रथम भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले आयोजना गरेको ५० वर्षमाथिको भेट्रान प्रतियोगितामा रमेश र टेकको जोडीले किशोर आचार्य र ऋषिजंग शाहको जोडीलाई २१-११, २१-१२ अंकको सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । 

nepalgunj 081-082

उपाधिसंगै रमेश र टेकको जोडीले ७ हजार रुपैयाँ पुरस्कार पाएको छ । द्वितीय भएको किशोर र ऋषिजंगको जोडीले ५ हजार पाएको छ । भेट्रानमा जनार्दन रत्न मल्ल र अर्जुन खड्का तथा भोलानाथ सिटौला र अर्जुन रानाको जोडीले तृतीय हुँदै दुई-दुई हजार पाएका छन् । खुल्लातर्फ कमल र अज बहादुरको जोडीले पवन चौधरी र बुद्धि लाल श्रेष्ठको जोडीलाई २-१ को सेटमा पराजित गर्दै उपाधिसहित ७ हजार जितेको छ । पहिलो सेट २१-१२ अंकले जितेको कमल र अज बहादुरको जोडी दोस्रो सेटमा २१-१२ मै पराजित भएको थियो । तेस्रो सेट २१-१३ ले जित्दै कमल र अज बहादुरको जोडी प्रथम भयो । 

द्वितीय भएको पवन र बुद्धि लालको जोडीले ५ हजार पुरस्कार पायो । खुल्लामा सन्दीप चौधरी र मनु गुप्ता तथा सन्तोष शाही र मदनराज उपाध्यक्षको जोडी तृतीय भयो । तृतीयले दुई हजार पुरस्कार पाए । प्रतियोगिताका विजेताहरुलाई नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, एसपी तुलबहादुर कार्की, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल लगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगिताको फाइनल अघि मेयर विष्ट र वडाध्यक्ष रिजाल तथा प्रमुख जिल्ला अधिकारी रिजाल र एसपी कार्कीको जोडीले मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा प्रजिअ र एसपीको जोडी विजयी भयो । प्रशिक्षण केन्द्रका अध्यक्ष जनार्दनरत्न मल्लका अनुसार, ५० वर्षमाथिको भेट्रानमा २० र  खुल्लामा २६ टिमको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २१:०३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP