नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप फुटबलः ग्रीन पिस सेमिफाइनलमा प्रवेश
मेयर कप फुटबलः ग्रीन पिस सेमिफाइनलमा प्रवेश
बागेश्वरी पोस्ट
मंगलबार, माघ २९, २०८१ बागेश्वरी पोस्ट
मेयर कप फुटबलः ग्रीन पिस सेमिफाइनलमा प्रवेश

नेपालगञ्ज । कोहलपुरको ग्रीनपिस मावि मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रीनपीसले पेनाल्टी सुटआउटमा आदर्श मावि राँझालाई ५–४ ले हराउँदै जीत हासिल गरेको हो । 

नेपालगञ्ज रंगशालामा भएको खेलमा निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । ग्रीनपीसका विराज रोकायले २५औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर, आदर्शका खगेन्द्र थापाले ४८औं मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ग्रीनपीसका विशाल थापा मगर, विराज रोकाय, डेविड तामाङ, दिपेश भण्डारी र झलक सिंहले गोल गरेका थिए । 

आदर्शका आर्यन भुजेल, आकाश सुनार, उज्ज्वल खत्री र खगेन्द्र थापाले गोल गरेका थिए । खेलमा ग्रीनपीस माविका विराज रोकाय प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । उनलाई कोहलपुर सिटी एकेडेमीका निर्देशक प्रशान्त रिजाल र युवा व्यवसायी प्रकाश गौतमले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गरेका थिए । यसैगरी आजको दोस्रो खेलमा धम्बोझी मावि नेपालगञ्जले पेनाल्टी सुटआउटमा आदर्श मावि नेपालगञ्जलाई ५–३ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । धम्बोझीका कमल विकले २०औं र समिर मगरले ५३औं मिनेटमा गोल गरे । आदर्श मावि नेपालगञ्जका निश्चल थापा मगरले ६१औं र जेनिष बोहोराले ६३औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा कमब्याक गराएका थिए । पेनाल्टी सुटआउटमा धम्बोझीका समिर मगर, प्रिन्स जिएम, सन्देश मगर, तुफान शाही, दिनेश रोकायले गोल गरे । आदर्शका निश्चल थापा मगर, राहुल श्रेष्ठ र जेनिस बोहोराले गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै धम्बोझी समिर मगर प्लेयर अफ द म्याच घोषित भए । उनलाई नेक्सस इनर्जी प्रालिका निर्देशक एवम् अटोटेम्पो तथा इ–रिक्सा व्यवसायी संघ बाँकेका महासचिव कुमार सिंह ठकुरी र नेपाल पत्रकार महासंघ बाँकेको उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरे । 

आजको तेस्रो खेलमा पेनाल्टी सुटआउटमा नेपालगञ्ज मोडेल एकेडेमीलाई ३–१ ले पराजित गर्दै युनाइटेड एजुकेशन स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । युनाइटेडका निक्सान सुनारले १५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालगञ्ज मोडेल एकेडेमीका अरुण खत्रीले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । पेनाल्टी सुटआउटमा युनाइटेडका अवशेष रेग्मी, उत्सव सुनार र अनिष रानाले गोल गरे । नेपालगञ्ज मोडेल एकेडेमीका विकास कुमार कटुवालले मात्र गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडका गोलकिपर तथा कप्तान अनिष राना प्लेयर अफ द म्याच घोषित भए । उनलाई नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले पुरस्कृत गरेका थिए । 

प्रतियोगिता अन्तर्गत भोलि छात्रतर्फको पहिलो क्वाटरफाइनलमा मोडर्न पब्लिक स्कुल र मनकामना मावि स्कुलले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो क्वाटरफाइनलमा धम्बोझी र युनाटेड एजुकेशनले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी भोलिदेखि छात्रातर्फको पनि खेल सुरु हुने भएको छ । छात्रा तर्फको पहिलो खेलमा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल र धम्बोझी माविले प्रतिष्पर्धा गर्नेछन् । अर्को खेलमा युनाइटेड एजुकेशन र मनकामनाले प्रतिष्पर्धा गर्नेछन् । 

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्रतर्फ २१ टिम र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ । 
 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP