नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्राइटल्याण्ड र नेपालगञ्ज सेन्ट जेभियर्स बने मेयर कप फुटबल च्याम्पियन
ब्राइटल्याण्ड र नेपालगञ्ज सेन्ट जेभियर्स बने मेयर कप फुटबल च्याम्पियन
बागेश्वरी पोस्ट
आइतबार, फागुन ४, २०८१ बागेश्वरी पोस्ट
ब्राइटल्याण्ड र नेपालगञ्ज सेन्ट जेभियर्स बने मेयर कप फुटबल च्याम्पियन

नेपालगञ्ज । ब्राइटल्याण्ड स्कुल र नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगञ्ज रंगशालामा भएको प्रतियोगिताको पुरुषतर्फ ब्राइटल्याण्ड स्कुलले सडनडेथमा ग्रीनपिस मावि नेपालगञ्जलाई हराउँदै च्याम्पियन बनेको हो । छात्रातर्फ नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलले आदर्श मावि नेपालगञ्जलाई ४–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । 

पुरुषतर्फको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेलको नतिजा सडनडेथमा निकालिएको थियो । ब्राइटल्याण्डलाई च्याम्पियन बनाउनको लागि अनमोल गुरुङ, जोन थारु, श्रीस रावत, जटिन लामा गुरुङ र दिक्सान बुढाले गोल गरे । ग्रीनपीसको लागि विशाल थापा मगर, बिराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारीले गोल गरे । फाइनल खेलको प्लेयर अफ द म्याचको ट्रफी ब्राइटल्याण्डका खेलाडी दिक्सानले जिते । उनलाई एचसीआरसी हस्पिटलका अध्यक्ष डा. कुमार सान शाह र युथ ओलम्पिक एम्बेसडर चाहना शाहले पुरस्कृत गरे ।

यसैगरी छात्रातर्फको फाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्सको लागि रमिता कुमारी बडुवाल र रेश्मा थारुले २–२ गोल गरे । रमिताले २५औं र २६औं मिनेट तथा रेश्माले ४५औं र ५७औं मिनेटमा गोल गरेका थिए । खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सकी रमिता कुमारी बडुवाल प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन् । उनलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका प्रशिक्षण विभाग प्रमुख जयन्त कुमार श्रेष्ठले पुरस्कृत गरे ।

प्रतियोगितामा पुरुषतर्फ ब्राइटल्याण्ड स्कुलका श्रीस रावत र महिलातर्फ नेपालगञ्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । उनीहरु दुबै जनालाई वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक अरुण बमले पुरस्कृत गरे । बाँके जिल्ला फुटबल संघको आयोजनामा फागुन २६ देखि सुरु भएको प्रतियोगितामा बाँके जिल्लाका २१ वटा पुरुष टिम र ६ वटा महिला टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता दुबै टिमले नगद ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजेता खेलाडीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, महासचिव कमल खत्री, उपमहासचिव दिर्घराज आचार्य कौशल, एचसीआरसी हस्पिटलका अध्यक्ष डा. शाह, निर्देशक रमेश सिटौला, कोहलपुर नगरपालिका खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, राखेपका पूर्व सदस्य राजेन्द्र शाही, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी तेज बिक्रम शाह, गोविन्द प्रसाद श्रेष्ठ, समसुद्दिन सिद्धिकी, महिला फुटबल समिति अध्यक्ष नितु चन्द शाह, निजामुद्धिन सिद्धिकी, युथ ओलम्पिक एम्बेसडर–२०२२ लगायतले पुरस्कृत गरेका थिए । 


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP