नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुर गोल्डकपः भारतको साहारालाई हराउँदै राइजिङ स्टार सेमिफाइनलमा
कोहलपुर गोल्डकपः भारतको साहारालाई हराउँदै राइजिङ स्टार सेमिफाइनलमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन १८, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर गोल्डकपः भारतको साहारालाई हराउँदै राइजिङ स्टार सेमिफाइनलमा

कोहलपुर । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । बाँकेको कोहलपुरमा आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो । खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा समेत दुवै टोली गोल गर्न असफल रहे । निकै प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा कुनै पनि गोल गर्न नसकेपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी भाग्यमानी ठहरियो । गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

सुनारले साहाराका तीन वटा पेनाल्टी बचाएका थिए । राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।  म्यान अफ द म्याच घोषित सुनारलाई कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मण राज पौडेलले पुररस्कार प्रदान गरेका हुन् । म्यान अफ द म्याच घोषित सुनारले आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न पाउँदा खुसी लागेको बताए । प्रतियोगिताको तेस्रो दिन सोमबार दिउँसो ३ बजे कोहलपुरस्थित तेह्र विगाहा खेल मैदानमा प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौँ र राइनो फुटबल क्लब गण्डकीबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काँक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

 


प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP