नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुर गोल्डकप: प्लानिङ व्याइज काठमाडौं सेमिफाइनल प्रवेश
कोहलपुर गोल्डकप: प्लानिङ व्याइज काठमाडौं सेमिफाइनल प्रवेश
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १९, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर गोल्डकप: प्लानिङ व्याइज काठमाडौं सेमिफाइनल प्रवेश

नेपालगन्ज । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राइनो फुटबल क्लब गण्डकीलाई हराउँदै प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौँ विजयी भएको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा भएको खेलमा राइनो फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्लानिङ व्वाइज युनाइटेड क्लबले सहज जित हासिल गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरे पनि सफल हुन सकेनन् । दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ व्वाइज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा प्लानिङ व्वाइज विपक्षी राइनो फुटबल क्लबमाथि हाबी भएको थियो । खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ व्वाइजका जर्सी नम्बर १४ का सरोज कार्कीले गोल गरेर सहज जित दिलाए । 

खेलमा प्लानिङ व्वाइज युनाइटेड क्लबका एलेक्स म्यान अफ द म्याच घोषित भए । उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चिन्तामणि धितालले नगद पाँच हजारसहित पुरस्कृत गरेका थिए । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल मंगलबार दिउँसो ३ः३० बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब सुर्खेतबीच हुने खेल संयोजक कर्ण बस्नेतले बताए । क्वाटर फाइनल समीकरण सकिएसँगै बुधबारदेखि सेमिफाइनल समीकरण सुरु हुने संयोजक बस्नेतले बताए । 

सोमबार गोल्डकपको तेस्रो क्वाटरफाइलन खेल जित्दै प्लानिङ व्वाइज युनाइटेड क्लब सेमिफाइनल प्रवेश गरेको छ । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब कोहलपुर र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन्  । 

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP