नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थ मन्त्रीलाई ज्ञापन पत्र
नेपालगञ्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थ मन्त्रीलाई ज्ञापन पत्र
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ८, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थ मन्त्रीलाई ज्ञापन पत्र

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकारसँग माग गरेको छ । संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वमा बाँकेका जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले आज नेपाल सरकारका अर्थ मन्त्री विष्णु पौडेललाई सुख्खा बन्दरगाह निर्माण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । अर्थ मन्त्री पौडेलले सुख्खा बन्दरगाह आवश्यक रहेको बताउँदै डीपीआर गर्न लगाउने बताएको ओलीले जानकारी दिए ।

संघका कार्यवाहक अध्यक्ष ओलीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपालगञ्जको एकीकृत भन्सार जाँचचौकी (आइसीपी) लाई नै सुख्खा बन्दरगाहमा परिणत गरी वैदेशिक व्यापार व्यवसायलाई अभिवृद्धि गर्न भनिएको छ । ‘नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण हुन सके तेस्रो मुलुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयात निर्यात (पैठारी) सस्तो र सहज भई पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक विकासमा ठूलो टेवा पुग्नेछ’, ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालगञ्जमा हाल सञ्चालनमा रहेको आइसीपीको पूर्वाधारले तेश्रो मुलुकसँग हुने कारोबार गर्न सम्भव नहुने तथा पैठारी खर्च चर्को हुनाले लागत समेत बढ्न जाने हुँदा वैदेशिक व्यापारलाई सहज र सरल बनाउन पनि नेपालगञ्जमा सुख्खा बन्दगाह अपरिहार्य रहेको छ ।’

अर्थ मन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउन संघका कार्यवाहक अध्यक्ष ओलीसहित बाँकेका प्रतिनिधिसभा सदस्य दीपा शर्मा, केएल दुगडका महाप्रबन्धक प्रदीप छाछेड, दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगड, उद्योगी सञ्जय अग्रवाल र नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट सहभागी थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP