नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वैदेशिक रोजगारलाई सुरक्षित बनाउन वित्तीय साक्षरता
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन वित्तीय साक्षरता
बागेश्वरी पोस्ट
सोमबार, चैत ११, २०८१ बागेश्वरी पोस्ट
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन वित्तीय साक्षरता

नेपालगञ्ज । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन बाँकेको कोहलपुरमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका परिवारलाई लक्षित गरेर सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुरु भएपछि यसको प्रभावकारिता देखिन थालेको छ । वित्तीय साक्षरता कक्षा सुरु भएको कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित सिर्जना वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको अनुगमनका क्रममा सहभागीहरुले यसको प्रभावकारिताबारे आ-आफ्नो भनाई सुनाएका थिए । 

स्थानीय सुशिला सुनारले वैदेशिक रोजगारका अवसर, सम्भावना र जोखिमबारे राम्रोसँग बुझ्ने अवसर मिलेको बताइन् । उनले त्यति मात्र नभएर वैदेशिक रोजगारबाट प्राप्त रकमको सदुपयोग गर्ने तवरतरिका समेत सिकेको बताइन् । ‘विदेशबाट कमाएर पठाउने रकम कसरी जोगाउन सकिन्छ भन्ने बारे थाहा नै थिएन,' उनले भनिन्–‘वित्तीय साक्षरता कक्षाले त्यो कुरा सिकायो ।’ स्थानीय गीता सुनारले पनि वैदेशिक रोजगारमा हुने ठगी न्यूनीकरणमा धेरै कुराहरु जानकारी प्राप्त भएको बताइन् । उनले आफ्नो छोरालाई भिजिट भिसामा दुबई पठाएकी थिइन् । तर, छोराले काम नपाएपछि ठूलो तनावमा थिइन् । उनी डिप्रेसनको सिकार भइसकेकी थिइन् । तर, सामी कार्यक्रम अन्तरगत उहाँलाई मनोसामाजिक परामर्श सेवा मात्रै प्रदान गरिएन, छोराले विदेशमा पाइरहेको दुःख समेत हल भयो । उनी अहिले खुसी छिन् ।  

वैदेशिक रोजगारीमा देखिएका समस्या न्यूनीकरण गर्न र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागि सामी परियोजना प्रभावकारी बनेको वित्तीय सहजकर्ता अनिता रावतले बताइन् । सामी परियोजनाले सञ्चालन गरिरहेका गतिविधि र त्यसबाट आएको सकारात्मक परिणाम, वैदेशिक रोजगारको क्रममा देखिएका समस्या, वैदेशिक रोजगारको अहिलेको चुनौती र कानूनी जटिलताका साथै वैदेशिक रोजगारमा हुने गरेको ठगी, आप्रवासी स्रोत केन्द्रले गर्ने काम, मनोविमर्श सेवा तथा वित्तीय साक्षरता कक्षाको विषमया जानकारी प्रदान गर्ने गरिएको उनको भनाई छ । 

अनुगमनका क्रममा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले सामी परियोजनाले सञ्चालन गरिरहेका गतिविधिले वैदेशिक रोजगारका कारण उत्पन्न पारिवारिक तथा सामाजिक समस्यासँग जुध्न सहज बनाएको बताए । नगर उपप्रमुख संगिता सुवेदीले यस्ता कार्यक्रमले विदेशबाट आउने रकमको सदुपयोग गर्न सहयोग गर्ने बताए । उनले सीपमुलक कार्यक्रममार्फत महिलाहरुलाई सम्बृद्ध बनाउन सकिने धारणा राखे । कोहलपुर नगरपालिका रोजगार केन्द्रका प्रमुख आशिष वर्माले बैदेशिक रोजगारमा जानेहरुको संख्या बढेसंगै वैदेशिक रोजगारका समस्याहरु बढ्दै गएकाले स्थानीय सरकार तथा सरोकारवालाहरुले आप्रवासनलाई सुरक्षित बनाउने विषय प्राथमिकतामा राखेको बताए । 

अनुगमन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, कोहलपुर नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १४ का अध्यक्ष नमबहादुर आले, वडा नम्बर ७ का अध्यक्ष ठग्गा थारु, आर्थिक विकास समितिका संयोजक अनिता बुढा क्षेत्री, कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकाल लगायतको सहभागिता रहेको मनोसामाजिक परामर्शकर्ता कृष्टि आचार्यले जानकारी दिइन् ।


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर
वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP