नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी कप महिला फुटबलः पत्रकार महिलाको टीम विजयी
लुम्बिनी कप महिला फुटबलः पत्रकार महिलाको टीम विजयी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १५, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी कप महिला फुटबलः पत्रकार महिलाको टीम विजयी

नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा पत्रकार महिलाको टीम विजयी भएको छ । 

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेख १५ गतेसम्म नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ । सोही प्रतियोगिताको पूर्व तयारीका क्रममा आज बाँकेवाट प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधि तथा पत्रकार पत्रकार महिलाबीच खेल खेलाइएको थियो । 

उक्त प्रतियोगितामा पत्रकारको टीम एकका विरुद्ध दुई गोलले विजयी भएको हो । प्रतियोगितामा पत्रकारको टीमका तर्फबाट सन्ध्या गैरे र धना विष्ट केसी तथा जनप्रतिनिधि टीमका तर्फबाट कल्पना नेपालीले गोल गरेका थिए ।  

मैत्रीपूर्ण खेलमा बाँकेवाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सांसद मीना श्रेष्ठ, माया पुन, अम्बिका काफ्ले, सुशीला वादी, मीना सिद्धिकी, विभिन्न पालिकाका उपप्रमुख, वडा सदस्य लगायतको सहभागिता थियो भने पत्रकारका टीममा पत्रकार महासंघका उपाध्यक्ष करुणा शाह, क्रियाशिल पत्रकार महिलाका अध्यक्ष सावित्री गिरी, सचिव निशु जोशी, पत्रकारहरु रुपा गहतराज लगायतको सहभागिता रहेको थियो । 

प्रतियोगिताका सहभागी खेलाडी तथा सहयोगी संस्थालाई प्रमुख अतिथि ओलम्पियन पार्वती थापा, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके जिल्ला अध्यक्ष नवीन गिरी, राखेपका पूर्व सदस्य राजेन्द्र शाही, मैत्रीपूर्ण प्रतियोगिता संयोजक उमा थापा मगर लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । 

आगामी बैशाख ५ गतेदेखि हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीमको सहभागिता रहने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । 

प्रतियोगितालाई उचित व्यवस्थापनका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले पनि आफ्नो कामलाई तिव्रता दिएका छन् । आर्थिक उपसमिति, समन्वय उपसमिति, सांस्कृतिक उपसमिति, प्रचारप्रसार उपसमिति लगायतका उपसमितिहरुको दिनहुँजसो बस्ने बैठकले प्रतियोगिता व्यवस्थापनका पक्षलाई सूक्ष्मरुपमा अध्ययन गरेर कामलाई गति दिइरहेको अन्तरालका प्रमुख कार्यकारी शाहले बताए । 

यसैगरी लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारीका बारे विशिष्ट व्यक्तिले चासो समेत व्यक्त गरेका छन् । प्रतियोगिता आयोजनाको उल्टो गन्ती शुरु भएसंगै केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिहरुले चासो व्यक्त गर्न थालेका हुन् । 

प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र त्यहाँ रहेको सचिवालयको स्थलगत अवलोकन गर्दै विशिष्ट व्यक्तिहरुले आवश्यक सहयोगका लागि आफ्नो प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

संघीय सरकारका पूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक, बाँके क्षेत्र नं. ३ वाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमूना, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व प्रवक्ता मोहना अन्सारी लगायतका विशिष्ट व्यक्तिहरुले प्रतियोगिता तयारीको अनुगमन गर्दै सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

यस्तै, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्र बहादुर सिंह र नेपाली कांग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतले पनि प्रतियोगिता तयारीको स्थलगत अवलोकन गरेका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ?  यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ? यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP