नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रथम शिखा बाँके जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
प्रथम शिखा बाँके जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
विद्यालयमा फुटसल शिलान्यास
बागेश्वरी पोस्ट
आइतबार, चैत २४, २०८१ बागेश्वरी पोस्ट
प्रथम शिखा बाँके जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । शिखा एकेडेमी कोहलपुरले नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना गरेको प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आफैंले जितेको छ । कोहलपुर–८ पिपरी (नयाँ बस्ती) स्थित शिखा एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगिताको २९ इभेन्टमा आयोजक शिखाले ६६ अंक ल्याएर उपाधि जितेको हो । नेपालगञ्जको स्प्रिङ डेल स्कुुल ४४ अंक ल्याएर दोस्रो र १७ अंक ल्याएर आदर्श माध्यमिक विद्यालय तेस्रो भएको छ ।

प्रतियोगितामा बाँके जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहे पनि ७ वटा विद्यालयले मात्र स्वर्ण जितेका थिए । प्रतियोगितामा सर्वाधिक ५ वटा स्वर्ण पदकका विजेता सुशान्त बोहोरालाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो । खेलाडी बोहोराले आफूले स्पर्धा गरेका ५ वटै इभेन्टमा स्वर्ण पदक जितेका थिए ।

नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्जय थापा, नेपालगञ्ज पौडी क्लबका अध्यक्ष केशव न्यौपाने, लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व उपाध्यक्ष नरेन्द्र थापा, विद्यालयका सिइओ डा. राज कुमार सुवेदी, पत्रकार शंकर प्रसाद खनाल, अतिरिक्त क्रियाकलाप संयोजक सूर्यमणि अधिकारी लगायतले विजेता खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

विद्यालयमा फुटसल शिलान्यास

शिखा एकेडेमीले विद्यालय परिसरमै फुटसल बनाउन सुरु गरेको छ । फुटसलको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २५ मिटर चौडाई र ४२ मिटर लम्बाईको फुटसल निर्माण हुनेछ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारी लगायतले संयुक्तरुपमा फुटसल भवनको शिलान्यास गरेका हुन् । विद्यालयमा फुटबल मैदान पनि रहेको छ ।  

बाँके जिल्लामा सबैभन्दा धेरै क्षेत्रफल ५ बिघामा रहेको विद्यालयमा बास्केटबल, क्रिकेट, फुटबल मैदान पनि रहेको छ । विद्यालयका सिइओ डा. सुवेदीले गुणस्तरीय शिक्षाका लागि दैनिक ४ वटा विषय मात्र पढाउने गरेको बताए । उनले भने, ‘हामी विद्यार्थीलाई भार नपर्ने गरी पाठ्यक्रमको शिक्षा दिन्छौं । यसको अलावा विद्यार्थीको रुची अनुसार खेलकुद, गीतसंगीत, नृत्य र पब्लिक स्पिकिङ कलामार्फत उनीहरुको ज्ञान, सीप र क्षमता विस्तारको काम गरिरहेका छौं ।’


प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
नाइजेरियन जोन क्लबले जित्यो प्रथम खजुरा गोल्डकपको उपाधि
नाइजेरियन जोन क्लबले जित्यो प्रथम खजुरा गोल्डकपको उपाधि
नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त
नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त
पाँचौं मेयर कप जुडो खेलकुद प्रतियोगिताः वडा नम्बर २२ प्रथम
पाँचौं मेयर कप जुडो खेलकुद प्रतियोगिताः वडा नम्बर २२ प्रथम
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP