prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी कपमा विभागीय टिमसहित ८ टोली सहभागी हुने, विजेतालाई ५ लाख पुरस्कार
लुम्बिनी कपमा विभागीय टिमसहित ८ टोली सहभागी हुने, विजेतालाई ५ लाख पुरस्कार
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २७, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी कपमा विभागीय टिमसहित ८ टोली सहभागी हुने, विजेतालाई ५ लाख पुरस्कार

नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने टिमको घोषणा गरेको हो । 

प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिष्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले जानकारी दिए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे उनले यो प्रतियोगितापछि नियमित फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पूर्वाधार मर्मत सम्हारमा पनि सहयोग जुट्ने बताए ।

नेपालगञ्ज रंगशालामा आगामी बैशाख ५ गतेदेखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यबस्था गरिएको छ । साथै विद्यार्थीहरुको लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्यारापिट अनुसार टिकटको ब्यबस्था गरिएको छ ।

लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै ठूलो भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिएको छन् । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताए । 

प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक निरज गौतमले स्वागत गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्द, अखिल नेपाल फुटबल संघका निवर्तमान केन्द्रिय सदस्य प्रदेश सिंह राठौर, अखिल नेपाल फुटबल संघका पूर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रतियोगिता आयोजनाको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्ने निकायहरुसँग सम्झौता-पत्र आदानप्रदान गरिएको थियो । जस अनुसार टिकट पार्टनर इ-सेवा नेपालगञ्ज शाखाका म्यानेजर महेन्द्र रानालाई सचिवालय प्रमुख रमेश मल्लले सम्झौता-पत्र हस्तान्तरण गरे । हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेसका सञ्चालक दुर्गानाथ अर्याललाई प्रतियोगिता समन्वय तथा परिचालन उपसमिति संयोजक तेज विक्रम शाहले फाइल हस्तान्तरण गरे ।

अफिसियल फिजियो पार्टनर मनमाया मेमोरियल फिजियोथेरापि सेन्टरका डा. खेमा भण्डारीलाई प्रतियोगिताका पब्लिक रिलेसन म्यानेजर चाहना शाह र सेक्युरिटी पार्टनर रक्षक सेक्युरिटीका सुपरभाइजर निम खत्रीलाई प्रतियोगिताका प्रचारप्रसार उपसमिति संयोजक गौतम तथा प्रत्यक्ष प्रसारणको लागि खेलाडी डटकम लुम्बिनी प्रदेश ब्युरो प्रमुख कमल खत्रीलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य विनोद मैनालीले सम्झौता-पत्र हस्तान्तरण गरेका थिए ।


 


प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP