नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १२, २०८२ बागेश्वरी पोस्ट
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

नेपालगञ्ज । विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । इन्जुरी समयमा गीता रानाको हेड गोल नै एपीएफलाई बिजयी बनाउन सफल भयो ।

आठ टोली सहभागी प्रतियोगिताको विजेता एपीएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । एपीएफ लगातार तेस्रो पटक मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि पनि एपीएफले जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी रहेको एपीएफले त्यसअघि महिला लिगको उपाधि पनि उचालेको थियो ।

एपीएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो । यता, पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० तथा सेमिफाइनलमा भने विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई सेडन डेथमा ६–५ ले पराजित गरेको थियो ।  

आजको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । आजको खेलमा सोचे अनुसारको प्रस्तुति दिन नसकेको बिजेता टिम एपीएफका कोच भगवती थापाले बताएकी छिन् । प्रतिद्वन्दी नेपाल पुलिस क्लबले कडा चुनौती दिएको उनले स्विकार समेत गरिन् । उता घरेलु मैदानमा जित हासिल गर्दै उपाधि चुम्ने नेपाल पुलिस क्लबका क्याप्टेन निरु थापाको सपना भने अधुरो भएको छ । यद्यपि उनले घरेलु मैदानमा उपबिजेता बनेकोमा खुशी नै ब्यक्त गरेकी छिन् । प्लेयर अफ द फाइनल एपीएफका गिता राना घोषित भइन् । उनलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य दिनेश बिष्टले नगद रु. ५ हजार प्रदान गरे । 

प्रतियोगितामा उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, मिडफिल्डतर्फ एपीएफकै सरु लिम्बू, स्ट्राइकर एपीएफकी अनिता केसी र उत्कृष्ट प्रशिक्षक पनि एपीएफकै भगवती थापा घोषित भए । उनीहरूले जनही नगद रु. १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित एपीएफका क्याप्टेन अनिता बस्नेतले नगद रु. २५ हजार हात पारेकी छिन् ।

बिजेता तथा उपबिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदी, खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पुरस्कारसंगै ट्रफी  प्रदान गरेका थिए । प्रतियोगिताका रेफ्री कृति सेन, जमुना आले, अमर घले र कृष्ण खत्रीलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मायाको चिनो प्रदान गरेका थिए । 

यस्तै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङ, सशस्त्र प्रहरीका एसएसपी गंगाराम श्रेष्ठ, प्रायोजक इ-सेवा नेपालगञ्ज शाखाका म्यानेजर महेन्द्र राना, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्द, नेपालको पहिलो महिला ओलम्पियन खेलाडी पार्वती थापा, हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेस नेपालगञ्जका प्रमुख लोकेन्द्र अर्याल, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए । 

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी थिए ।

प्रतियोगिता सुरु हुनु अगाडि अन्तरालका प्रमुख कार्यकारी शाहले स्वागत गर्दै लुम्बिनी कपको पहिलो संस्करणलाई सहयोग गर्ने स्थानीय तह, प्रदेश सरकार, स्थानीय व्यापारी तथा सम्पूर्ण प्रायोजकहरुलाई धन्यवाद दिए । उनले लुम्बिनी कपलाई सफल बनाउन ठूलो टिमको मेहनत रहेको बताए ।

फाइनल खेल अघि बोल्दै प्रमख अतिथि तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तिमिल्सिनाले खेल क्षेत्रले समाजको आमूल परिवर्तन गर्ने बताएका छन् । खेलले सभ्य समाजको निर्माण गर्ने बताउँदै उनले भने, “खेलले भूगोलको पहिचान बनाउने गर्छ । भोको पेटले खेल खेल्न नसकिने भएकाले लुम्बिनी प्रदेश खेल क्षेत्रका लागि बजेटको तयारीमा रहेको छ ।” उनले लुम्बिनी कपले एक आपसमा आत्मियता र सहयोगी भावना बढाउने बताए । प्रतियोगिता सुरु हुनु अगाडि बाँके जिल्लाबाट प्रतिनिधित्व गर्दै विभागीय टिम नेपाल पुलिसमा क्याप्टेनको भूमिका निभाइरहेकी निरु थापालाई सम्मान समेत गरिएको थियो । 

बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरी घर भएर देश तथा विदेशमा पहिचान बनाइसकेकी खेलाडी निरुलाई बाँके जिल्ला फुटबल संघले प्रमाणपत्र र नगद रु. २५ हजारसहित सम्मान गरेको हो । निरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तिमिल्सिना, बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाही र अन्तरालका प्रमुख कार्यकारी शाह लगायतले सम्मान गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २१:५२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व खेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै
पूर्व खेलाडी समाज बाँकेले ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्दै
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
एपीएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप महिला फुटबलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था  
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP