prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • छेडागाड नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण
छेडागाड नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ११, २०८२ बागेश्वरी पोस्ट
छेडागाड नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण

नेपालगञ्ज । कुमारी फाउण्डेसन काठमाडौंले जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ५ स्थित फुर्किचउरमा रहेको नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । आज नेपालगञ्जमा आयोजित एक कार्यक्रमका बीच रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लव अफ मुम्वई कप परेडले कुमारी फाउण्डेसनलाई उपलब्ध गराएको स्वास्थ्य उपकरण फाउण्डेसनले छेडागाड नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

May be an image of 5 people and text

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका फाउण्डेसनका अध्यक्ष राजिव विक्रम शाहले पालिकाका अध्यक्ष रत्न बहादुर खड्कालाई उक्त उपकरणहरु हस्तान्तरण गर्दै स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच उपलब्ध गराउने आफ्नो सपनाले पूर्णता पाएको भन्दै खुसी व्यक्त गरे । २०६७–०६८ सालमा जाजरकोटमा झाडापखला फैलिँदा करिब दुई सय नागरिकले ज्यान गुमाएका थिए । हजारौं नागरिक प्रभावित भएका थिए । त्यतिबेला पनि शाहले आफ्नै लगानीमा हेलिकप्टर चार्टर गरेर औषधि र चिकित्सक गाउँगाउँमा पुर्याएर रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । मन्त्री शाहले स्वास्थ्य चौकी अभावमा नागरिकले अकालमा ज्यान गुमाउनु परेको दर्दनाक अवस्था देखेरै अस्पताल सञ्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

त्यही जग्गामा शाहले १५ शैयाको अस्पताल सञ्चालनका लागि पूर्वाधार समेत बनाए । तर, चार पाँच वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने अस्पताल विभिन्न कारणले अलपत्र अवस्थामै रह्यो । अस्पतालका लागि रोटरी क्लवले कुमारी फाउण्डेसनलाई उपलब्ध गराएको करोडौं मूल्यका स्वास्थ्य सामग्री नेपालगञ्जमै विगत तीन वर्षदेखि अलपत्र जस्तै भए । तर, अहिलेका नगर प्रमुख खड्काले अस्पताललाई आफ्नो पालिका मातहतमा ल्याउने सकारात्मक प्रयासका बीच लामो समयसम्म नेपालगञ्जमा थन्किएर रहेका करोडौं मूल्यका स्वास्थ्य उपकरणहरु जाजरकोट लगिने भएको छ । ‘मानव सेवाको उद्देश्यले यी स्वास्थ्य सामग्रीहरु छेडागाड नगर अस्पताललाई हस्तान्तरण गरिएको हो,' शाहले भने–‘यसमा कुनै राजनीतिक भाव छैन । आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भन्ने एउटा मात्रै उद्देश्य हो ।’

May be an image of 6 people, dais and text

पालिकाका नगर प्रमुख खड्काले प्राप्त स्वास्थ्य उपकरणहरुको उपयोग र संरक्षणमा पालिका प्रतिबद्ध रहेको बताए । उनले अस्पताललाई नमूना अस्पताल बनाउने घोषणा गरे । बजेट र जनशक्ति व्यवस्थापनमा पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । करिव ७–८ करोडको भौतिक संरचना निर्माण भइसकेकाले फाउण्डेसनबाट प्राप्त उपकरणले स्वास्थ्य सेवा प्रवाहका निमित्त ठूलो भूमिका निर्वाह गरेको उनले बताए । अस्पतालको भौतिक पूर्वाधारमा आवश्यक मर्मत सम्भार गरेर आगामी असार ५ गते भव्य कार्यक्रमका बीच सेवा सुरु गरिने पनि उनले जानकारी दिए ।

फाउण्डेसनले डेन्टल, आँखा, गाइने, बालरोग विभाग, जनरल वार्ड, इएन्टी वार्डमा आवश्यक पर्ने वेशिक र सर्जिकल स्वास्थ्य सामग्री नगर अस्पताललाई उपलब्ध गराएको छ । त्यसैगरी प्रयोगशालाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरण पनि उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत हेमकुमार ढकालले बताए । कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्ष शशी सत्याल, सर्भिस चेयर सञ्जय कुमार अग्रवाल, जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालिबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।   


प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
नरैनापुरमा भदौ २ गते पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर हुँदै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP