नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ २८, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखि प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालनमा आएको हो ।

आज बिहान भएको उद्घाटन खेलमा पुरुषतर्फ युनाइटेड स्कुलले सगरमाथालाई १९-२५, २५-२३ र २५-१६ को २-१ सेटले  पराजित गर्दै अर्को चरणमा प्रबेश गरेको छ । त्यस्तै दोस्रो खेलमा धम्बोझी माबिले महेन्द्र माबिलाई २५-१६, २५-१० को सोझो दुई सेटले पराजित गर्न सफल भयो भने तेस्रो खेलमा एनएमएले पशुपति माबि राँझालाई २६-२४, १९-२५ र २५-२२ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गर्न सफल भयो । महिलातर्फको खेल जारी छन् ।

यसअघि एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख कमरुद्दिन राईले प्रतियोगिताको उद्घाटन गरेका थिए । पूर्व खेलाडी समाज बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको पहिचान र नामलाई बढाएको बताए । उनले खेल क्षेत्रको विकासका लागि प्रतियोगिताको निरन्तरताका साथै खेलाडी उत्पादनमा समेत जोड दिनुपर्ने धारणा राखे ।  खेलकुद र खेलाडीहरुको संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिका सधैं तत्पर रहने समेत उपप्रमुख राईले प्रतिबद्धता जनाए । 

यही जेठ ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरी कुल २० वटा टिमको सहभागिता रहेको छ । नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन् । 

पूर्व खेलाडी समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रमको संचालन समाजका महासचिव जयन्त कुमार शर्माले गरेका थिए । उद्घाटन सत्रमा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपालगन्ज-२ का वडा अध्यक्ष मनोज श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोबर्द्धन सिंह सम्झना, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्व अध्यक्ष निरज गौतम लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप: नेपालले आज इङ्गल्याण्डको सामना गर्दै
टी-२० विश्वकप: नेपालले आज इङ्गल्याण्डको सामना गर्दै
टी-२० विश्वकप आजदेखि: पहिलो खेल पाकिस्तानविरुद्ध नेदरल्यान्ड्स
टी-२० विश्वकप आजदेखि: पहिलो खेल पाकिस्तानविरुद्ध नेदरल्यान्ड्स
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP