नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ११, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

नेपालगञ्ज । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यही असार १२ देखि १४ गतेसम्म पोखरामा हुने 'गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता' मा सहभागी हुन लुम्बिनी प्रदेशको महिला टोली मंगलबार पोखरातर्फ प्रस्थान गरेको छ । १३ सदस्यीय टोलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी बर्दियामा औपचारिक कार्यक्रम गरी बिदाई गरिएको हो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले प्रेरणादायी मन्तव्य दिएका थिए । लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष जयन्त कुमार शर्माले टोलीको मेहनत, समर्पण र अनुशासनको प्रशंसा गर्दै महिला खेलाडीहरूले प्रदेशको गौरव बढाउने काम गर्दै आएको बताए । उनले गण्डकी कपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीको झण्डा फर्फराउनेमा आफू विश्वस्त रहेको बताउनँदै यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभई नेतृत्व र प्रेरणाको अवसर पनि भएको उल्लेख गरे । उनले टोलीलाई रु. ३,००० खाजाका लागि सहयोग गर्दै सफलताको शुभकामना समेत व्यक्त गरे । त्यस्तै लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष खगेन्द्र चन्दले संघ सधैं खेलाडीहरूको साथमा रहने र आगामी दिनमा थप अवसर सृजना गरिने प्रतिबद्धता जनाए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्दले खेलकुद क्षेत्रले महिला सशक्तिकरणमा पुर्‍याउँदै आएको भूमिकाको उल्लेख गर्दै खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई नेतृत्व, अनुशासन र सशक्तिकरणको माध्यम पनि भएको बताए । उनले टोलीलाई नगद २ हजार रुपैया सहयोग गरे । खेलप्रेमी समाजसेवी सोनु सिद्दिकीले खेलाडीहरूप्रति सहानुभूति र उत्साह व्यक्त गर्दै १३ वटा खेल पोशाक सहयोग गरे । उनले महिला खेलाडीहरूको उत्साह र मनोबल बढाउन आफू सधैं तयार रहेको बताए ।

कार्यक्रममा सहभागी खेलाडी शर्मिला केसीले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई आभार प्रकट गर्दै सबैबाट पाएको समर्थन र उत्साहले खेलाडीहरुको मनोबल उच्च बनाएको बताइन् । गण्डकी कपमा राम्रो प्रदर्शन गरेर सबैको विश्वास जित्ने उनको भनाई छ । लुम्बिनी प्रदेशको टोलीले गण्डकी कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले खेलाडीहरूमा उत्साह, मनोबल र प्रदेशप्रतिको जिम्मेवारीको भावना थप मजबुत बनाएको देखिएको छ ।


प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP