prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ ३, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश

नेपालगन्ज । नेपालको एक मात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यस बर्ष रिले दौड विधा समेत समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता प्राप्त गरेपछि पहिलोपटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो ।

एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड समेत सन्चालन हुनेछ । असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष-५० बर्षमाथि उमेर समूह), ५ किलोमिटर भेट्रान्स महिला (४५ बर्ष माथि उमेर समूह) र १० किलोमिटर मिक्स रिले (चार जनाको समूह दौड) गरी अलग स्पर्धा राखिएको छ ।

मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । ‘दश किलोमिटरलाई समान चार दुरीमा बाँडेका हुन्छौं, त्यही अनुसार धावकले आफ्नो पालोमा आफ्नो दुरी पूरा गर्नुपर्ने हुन्छ ।’ रेस डाइरेक्टर गुरुङले भने-‘यो दौडले रोमान्चकता थप्नेछ र दौडमा आम सर्वसाधारणलाई समेत आकर्षित गर्नेछ ।’

पहिलोपटक समावेश गरिएको रिले दौडले आम मान्छेलाई दौडको मजा लिन प्रेरित गर्ने एम्स दुत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । ‘नेपालको पुरानो सहरलाई जीवन्त बनाइरहन दौडका विभिन्न विधालाई उजागर गर्न प्रयासरत छौं ।’ संस्थापक ठकुरीले भने-‘नेपालगन्जलाई दौडको सहर बनाउने अभियान अन्तर्गत हामीले कर्म गरिरहेका छौं, दौडिरहने सहरको परिचयले पनि सहरको ब्रान्डिङमा सघाउनेछ ।’

नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पूरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो । यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि सुरु भई राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमै पुगेपछि दश किलोमिटर दुरी पूरा हुन्छ । नाइट रनका क्रममा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी सडक एकतर्फी मात्र सन्चालन गरिने भएको हुँदा धावकलाई सहज हुने गर्दछ । एक महिना बाँकी रहँदा दर्ता खुला गरिएको नेपालगन्ज नाइट रनका विजेतालाई नगद पुरस्कारका साथै सरप्राइज पुरस्कार चाँडै घोषणा गरिने ठकुरीले बताए ।


प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP