नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १३, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगञ्ज । नेपालगञ्ज १० नाइट रनको तयारी तीब्र चरणमा पुगेको छ । नेपालगञ्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीन वटा विश्व स्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् ।

नेपालगञ्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरोअजवानिचकर्नले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालगञ्ज म्याराथनको सिफारिसमा जाने खेलाडी, अफिसियल लगायतलाई बाङ्सेन सिरिजमा निःशुल्क दर्ताका साथै आतिथ्यता गरिनेछ भने बाङ्सेन सिरिजको सिफारिसमा नेपालमा नेपालगञ्ज म्याराथनले सोही सुविधा प्रदान गर्नेछ । 

‘यो सहमतिले नेपाली धावक, आयोजक, अफिसियल लगायतलाई सिक्ने अवसर मिल्नेछ । धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, 'छिमेकी देशमै विश्व स्तरीय म्याराथन आयोजना भइरहेका छन्, यसको लाभ लिनेतर्फको अग्रसरता हो, यसका लागि बाङ्सेन सिरिजका संस्थापक रुटलाई बिशेष धन्यवाद दिन चाहन्छु ।’ बाङसेनको सिफारिसमा थाइल्याण्डबाट आउने पाहुनालाई नेपालगञ्ज म्याराथन, नेपालगञ्ज १० नाइट रन, काठमाडौं २५ हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा सहभागी गराइनेछ । यी सबै नेपालगञ्ज म्याराथनकै सिरिज हुन् ।

वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण भएको नेपालकै सबैभन्दा सरल रुटमा हुने नेपालगञ्ज नाइट रन हरेक असोज ३ गते (सेप्टेम्बर तेस्रो साता) संविधान दिवसका अवसरमा हुने गर्दछ, जहाँ नेपालकै पहिलो एम्स सदस्य धारा नेपालगञ्ज म्याराथन ११ बर्षदेखि निरन्तर हुँदै आएको छ ।

बाङ्सेनसँगको साझेदारीपछि नेपालगञ्ज म्याराथनका विजेता सहभागी हुने अन्तर्राष्टिय दौडको संख्या बढेको छ । यसअघि नेपाल रन (युके) सँगको सहकार्यमा विश्व प्रसिद्ध लण्डन म्याराथनमा विगत दुई बर्षदेखि अवसर दिंदै आएको छ । यस बर्षदेखि विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा सहभागी गराउने तयारी गरिरहेको छ । त्यस्तै, यस बर्षदेखि जापानको ओसाका म्याराथनमा समेत अवसर दिने तयारी छ ।

नेपालगञ्ज म्याराथनको छातामुनि करिब आठ वटा इभेन्ट बार्षिक रुपमा नियमित आयोजना भइरहेका छन् । यसमा गौघाट ग्रीन रन असोज २८ गते, राप्तीसोनारी नेचर रन कात्तिक १ गते सञ्चालन गर्ने तयारी रहेको छ । त्यसैगरी धारा नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिवार (नोभेम्बर तेस्रो साताको शनिवार) हुँदैछ भने त्यसको अघिल्लो दिन नेपालगञ्ज कनक्लेवको पाँचौँ संस्करण हुनेछ । 

त्यस्तै कर्णाली हाफ म्याराथन मंसिर अन्तिम शनिवार, काठमाडौं २५ के हेरिटेज रेस मे १ मा हुनेछ भने एम्ससँगको सहकार्यमा नेपाल इन्टरनेशनल रनिङ कन्फ्रेन्स अप्रिल मसान्तमा हुनेछ । एम्सको दुई वटा पूर्णकालीन सदस्यता लिने नेपालगञ्ज नेपालको एक मात्र सहर हो ।

 


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP