Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • शनिबारदेखि नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै
शनिबारदेखि नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २०, २०८२ बागेश्वरी पोस्ट
शनिबारदेखि नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै

नेपालगञ्ज । शनिबारदेखि नेपालगञ्ज रंगशालामा नेपालगञ्ज यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा वेस्टजोन मावि नेपालगञ्ज र इन्टिग्रेटेड एकेडेमी खजुरा सैनिकबीच हुनेछ । दोस्रो खेलमा नेपालगञ्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन नेपालगञ्जबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता भदौ २१ देखि २७ गतेसम्म चल्नेछ । 

प्रतियोगितालाई बाँके जिल्ला स्तरीय यु–१४ छनोट फुटबलको रुपमा लिइएको छ । प्रतियोगिताको विजेता टिमले प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाको प्रतिनिधित्व गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताए । 

बाँके जिल्ला फुटबल संघको आयोजना र अखिल नेपाल फुटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिता स्व. खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, बिकल रेग्मी, दिवस बानियाँ, प्रियान्स आचार्य र साइमन योञ्जनको स्मृतिमा आयोजना हुन लागेको हो । गत वर्ष असोज महिनामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा गएको पहिरोमा परी एन्फा एकेडेमीमा रहेका ६ जना खेलाडीको मृत्यु भएको थियो । प्रतियोगितामा छात्रतर्फ १७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फको खेल तालिका केही दिनपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला महिला फुटबल समिति अध्यक्ष नितु चन्द शाहले बताइन् । विद्यालय स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताइन् । संयोजक चन्दले भनिन्,‘यो प्रतियोगिता नयाँ खेलाडीहरुको लागि महत्वपूर्ण छ । विद्यालय स्तरबाटै नयाँ खेलाडी उत्पादन हुन्छ । हामीले विद्यालय स्तरबाट प्रतिभा छनोट गर्ने, उनीहरुको प्रदर्शनलाई निर्खान सहयोग पुगोस् भन्ने हाम्रो लक्ष्य रहेको छ ।’ प्रतियोगिताले बाँके जिल्लाको फुटबलको स्तर वृद्धिमा पनि सहयोग गर्ने उनले बताइन् । 

प्रतियोगिताको छात्रतर्फ समूह ‘ए’ मा वेस्टजोन मावि, इन्टिग्रेटेड, नेपालगञ्ज मोडेल एकेडेमी, सिद्धार्थ विद्या सदन, मैटहवा मावि सैनिक, ग्रीनपिस मावि, मनकामना मावि, ब्राइटल्याण्ड स्कुल रहेका छन् । समूह ‘बी’ मा सेन्ट थोमस, युनाइटेड एजुकेशनल, दिप ज्योती, होलिल्याण्ड, नेपालगञ्ज सेन्ट जेभियर्स, बालज्योति, गुराँस चाइल्डहुड, कोहलपुर बागेश्वरी, शिखा एकेडेमी रहेका छन् । 

विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताए । उनले भने, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुको लागि यो प्रतियोगिता आयोजना गरेका हौं ।’ 


प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP