नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १४, २०८२ बागेश्वरी पोस्ट
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु भएको छ । दुई दिने प्रतियोगिताको आज विहान एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले उद्घाटन गरे ।

नेपालगञ्ज स्विमिङ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले पौडी खेलप्रति पछिल्लो समय नयाँ पुस्ताको आकर्षण बढ्दै गएको बताए । प्रदेश सरकारले पौडी खेलको विकासमा ध्यान दिने प्रतिबद्धता मन्त्री पाण्डेको छ । प्रतियोगिता संचालनका लागि लाग्ने कूल खर्चको २५ प्रतिशत आफ्नो मन्त्रालयले बेहोर्ने प्रतिबद्धता समेत उनले जनाए ।

उद्घाटन कार्यक्रम नेपालगञ्ज स्विमिङ क्लबका अध्यक्ष केशव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक सूर्यमणि अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय रत्न खत्री र अम्बिका काफ्लेले पनि बोलेका थिए ।

उद्घाटन खेलमा ५० मिटर अण्डर ८ ब्याक स्टोक इमेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श माध्यमिक विद्यालय नेपालगञ्जका युभान श्रेष्ठ दोस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो भए । त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल प्रथम, शिखा एकेडेमी कोहलपुर बाँकेका दिप्सन पुन मगर दोस्रो र आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ तेस्रो भएका छन् । त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ गल्समा सगरमाथा क्लबका छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मीले तेस्रो स्थान हासिल गरेका छन् ।

२५ मिटर ब्याकस्ट्रोक अण्डर ८ गल्समा सगरमाथा क्लबकी छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा ८, १०, १२, १४, १७ मुनी र खुला समूह गरी विभिन्न उमेरका खेलाडीबीच २५ मिटरदेखि ४०० मिटरको दूरीमा ५६ वटा इभेन्ट्समा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा देशभरका करीब १ सय ५० खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP