नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • धारा नेपालगञ्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य
धारा नेपालगञ्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २३, २०८२ बागेश्वरी पोस्ट
धारा नेपालगञ्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगञ्ज । धारा नेपालगञ्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथन मध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सञ्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगञ्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालगञ्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

स्कोर म्याराथनका आयोजक स्कोर स्पोर्ट्स म्यानेजमेन्टका संस्थापक एवं सिईओ प्याट्रेसिया टेन र धारा नेपालगञ्ज म्याराथनका संस्थापक एवं अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । पहिलो चरणमा पाँच बर्षका लागि सम्झौता गरिएको र यसलाई आवश्यक परिमार्जनसहित समयावधि थप्दै जाने सहमति भएको नेपालगञ्ज म्याराथनका संस्थापक एवं अध्यक्ष ठकुरीले बताए । उनी विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को नेपालका लागि दुत पनि हुन् । 

‘मलेसियाको शीर्ष तीनभित्र पर्ने स्कोर म्याराथन वल्र्ड क्लास रोड रेस लेवल मान्यता प्राप्त म्याराथन हो, चालिस हजार भन्दा बढीले भाग लिने गर्छन्,’ संस्थापक ठकुरीले भने, 'यो सम्झौताले नेपाली धावक, अफिसियल, भोलन्टियर लगायतलाई विश्व स्तरीय म्याराथनबाट अनुभव बटुल्ने, नयाँ केही सिक्ने अवसर अवश्य प्राप्त हुनेछ । हामी धेरै भन्दा धेरै युवालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाएर नेपालका म्याराथन तथा समग्र खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो यो अभियान हो ।’

यो सम्झौताले नेपालका रनिङ इभेन्टहरुको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार हुने र नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौता अनुसार नेपालगञ्ज म्याराथनको सिफारिसमा खेलाडी, अफिसियल, भोलन्टियर लगायतलाई मलेसिया र सिंगापुरमा हुने स्कोर म्याराथनका सिरिजमा दर्ता र आतिथ्यता लगायतका सुविधा प्रदान गरिनेछ भने स्कोर म्याराथनलाई नेपालगञ्ज म्याराथन सिरिजमा सोही सुविधा प्रदान गरिेने उल्लेख रहेको अध्यक्ष ठकुरीले बताए । 

एघार बर्षदेखि अविराम सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनका भगिनी इभेन्टका रुपमा नेपालगञ्ज १० नाइट रन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन, कर्णाली हाफ म्याराथन र काठमाडौंं २५ के हेरिटेज रेस रहेका छन् । त्यसैगरी नेपालगञ्ज म्याराथनकै आयोजनामा गत बर्षदेखि नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स समेत सुरुवात गरिएको छ । गौघाट ग्रीन रन र राप्तीसोनारी रनले दोस्रो संस्करण गर्न सफल भइसकेका छन् भने एम्स प्रमाणीकरण नेपालगञ्ज १० नाइट रन जेनजी विद्रोहपछिको बिषम् परिस्थितिका कारण असोज ३ गते हुन सकेन । 

यसलाई मंसिर ६ गते हुने धारा नेपालग्ञ्ज म्याराथनपछि मिति तय गरिने कार्यक्रम संयोजक कपिल थापाले बताए । साथै काठमाडौं २५ के हेरिटेज रेस समेत आगामी मे १ का दिन निरन्तरता दिइने र त्यसको अघिल्लो दिन नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सको दोस्रो संस्करण गरिने संयोजक थापाले बताए । ‘स्कोर म्याराथन सिरिज (मलेसिया–सिंगापुर) र नेपालगञ्ज म्याराथन सिरिज (नेपालगञ्ज–काठमाडौं) बीचको सहकार्यले दुई रनिङ आयोजक, दुई सहर र दुई देशबीचको सम्बन्ध सुमधुर हुने भएकाले नेपाली पाहुनालाई स्वागत गर्न आफू आतुर रहेको स्कोर म्याराथनकी सिईओ  प्याट्रेसियाले बताउनुभएको छ,’ संयोजक थापाले भने ।

यसअघि थाइल्याण्डको बाङ्सेनस्थित वल्र्ड क्लास इलाइट लेवल (बाङ्सेन ४२ र बाङ्सेन १००) र प्लेटिनम लेवल (बाङ्सेन २१०) सँग पनि नेपालगञ्ज म्याराथनको यस्तै सहयोग आदानप्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । 


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP