नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सिद्धार्थ विद्या सदन र नेपालगञ्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन
सिद्धार्थ विद्या सदन र नेपालगञ्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २७, २०८२ बागेश्वरी पोस्ट
सिद्धार्थ विद्या सदन र नेपालगञ्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

नेपालगञ्ज । सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल (छात्रा) एन्फा यु–१४ अन्तर विद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगञ्ज रंगशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इंग्लिश मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । 

सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा गोल गरे । यस्तै लेखराज भारतीले ४१औं मिनेटमा गोल गरेका थिए । कोहलपुर बागेश्वरीका आशिष बलमले सुरुआतको ३१औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर, बागेश्वरीले अग्रतालाई धेरै बेरसम्म जोगाउन सकेन । खेलको २०औं मिनेटमा सिद्धार्थका नविन रोकाले रातो कार्ड पाएर मैदानबाहिर जानुपरेको थियो । बागेश्वरीका खेलाडीले डिबक्समा बल अगाडि बढाइरहेका बेला अन्तिम डिफेन्डरका रुपमा रहेका नविनले बिपक्षी टिमका खेलाडीलाई हातले रोकेर लडाएपछि रेफ्री अमर घलेले रातो कार्डको देखाएका थिए । 

छात्रा तर्फका फाइनल खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सले होलिल्याण्ड हाइस्कुललाई १–० ले हराउँदै च्याम्पियन बन्यो । नेपालगञ्ज सेन्ट जेभियर्सका लागि कप्तान लक्ष्मी बुढा मगरले ४६औं मिनेटमा गरेको गोल फाइनल खेलको निर्णायक बन्यो । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिता गत भदौ २० गते सुरु भएको थियो । तर, जेनजी आन्दोलनका कारण प्रतियोगिता स्थगित गरेर कात्तिक महिनामा गरिएको हो । प्रतियोगितामा छात्रतर्फ सिद्धार्थका युवराज विक र छात्रातर्फ नेपालगञ्ज सेन्ट जेभियर्सको करिष्मा पासीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गरे । 

May be an image of one or more people

प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, महिला फुटबल समिति बाँके अध्यक्ष नितु शाह चन्द, उपाध्यक्ष रोजी सिंह, महासचिव नगिना श्रेष्ठ, नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्द, फुटबलका पूर्व राष्ट्रिय खेलाडी गोविन्द प्रसाद श्रेष्ठ, किशोरजंग राणा लगायतले पुरस्कृत गरे । 

कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले खेलकुदलाई राज्यले प्राथमिकतामा राखेर स्वस्थ नागरिक उत्पादनमा जोड दिनुपर्ने बताए । बाँके जिल्लाको फुटबल विकासमा संघले महत्वपूर्ण कार्यक्रमहरु गरिरहेकोमा धन्यवाद दिँदै आउने दिनमा फुटबलको विकासमा सहकार्य गरेर अगाडि बढ्ने धामीले बताए । आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले बाँकेबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्न एन्फा यु–१४ फुटबल प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए । उनले भने,‘फुटबल संघ समाजसँग जोडिएर खेलको विकासमा योजना बनाएर काम गरिरहेको छ । हामीले ग्रासरुटदेखि लिएर राष्ट्रिय स्तरका प्रतियोगिता, प्रशिक्षण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’ 

प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजक बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताए । 


 


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP