नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्ज म्याराथन खडक बहादुरले जिते, हाफ म्याराथनको उपाधि पुर्णलक्ष्मीलाई
नेपालगञ्ज म्याराथन खडक बहादुरले जिते, हाफ म्याराथनको उपाधि पुर्णलक्ष्मीलाई
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ६, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज म्याराथन खडक बहादुरले जिते, हाफ म्याराथनको उपाधि पुर्णलक्ष्मीलाई

नेपालगञ्ज । ११औं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन् । शनिबार विहान नेपालगञ्जमा सम्पन्न नेपालगञ्ज म्याराथनको ११औं संस्करणको उपाधि जितेका सेनाका खड्काले २ लाख नगद पुरस्कार समेत हात पारेका छन् । खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका थिए । उनी गत संस्करणका पनि विजेता हुन् ।

May be an image of one or more people and text

यसैगरी २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै नेपाल आर्मीकै सुशिल कुमार शाही दोस्रो तथा २ घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दुरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भएका छन् । दोस्रो भएका शाही र तेस्रो भएका पार्कीले क्रमशः नगद रु. १ लाख र ५० हजार पुरस्कार जितेका छन् ।

May be an image of text

यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पुर्णलक्ष्मी न्यौपानेले जितेकी छिन् । उनी पाँचौं संस्करणकी विजेता पनि हुन् । उनले उपाधिसंगै नगद ७५ हजार पुरस्कार हात पारेकी छिन् । यस्तै हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा भएकी छिन् ।

May be an image of text

म्याराथन शुभारम्भ र समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङ, नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल, मिस नेपाल लुना लुइँटेल, नेपालगञ्ज म्यारथनका संस्थापक टीएस ठकुरी, प्रायोजक केएल दुगद ग्रुपका सिइओ प्रदिप छाछेड लगायतको उपस्थिति थियो । म्याराथन र हाफ म्याराथन तथा अन्य विभिन्न विधाका विजेता खेलाडीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । शीर्ष दश स्थानसम्म र दौड पूरा गर्ने सबैलाई ५ हजार नगद पुरस्कार दिइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

May be an image of one or more people, temple, crowd and text


प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP