नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १८, २०८२ बागेश्वरी पोस्ट
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा

नेपालगञ्ज । मंसिर २० गते शनिबार नेपालगञ्जमा हुने आठौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता २०८२ को तयारी पूरा भएको छ । नेपालगञ्ज साइक्लिङ्ग क्लबले नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता गर्न लागेको हो । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिइएको हो ।

नेपालगञ्ज साइक्लोथन आठौं मेयर कप साइकल दौड प्रतियोगितामा देशभरबाट १३० बढी महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रदिप सापकोटाले जानकारी दिए । प्रतियोगिता विभिन्न पाँच विधामा आयोजना हुनेछ । एक विधामा राष्ट्रिय स्तरका खेलाडीहरुले भाग लिँदैछन् । जस अन्तर्गत एमटिबी पुरुष ३६ किमी, एमटिबी भेट्रान २५ किमी, ःएमटिबी महिला २५ किमी, साधारण साइकल पुरुष २५ किमी, साधारण साइकल महिला १६ किमीको हुने प्रतियोगिताका संयोजक एवम् नेपालगञ्ज साइक्लिङ्ग क्लबका उपाध्यक्ष कविराम बुढाथोकीले बताए ।

प्रतियोगिता नेपालगञ्ज विपी चोकबाट शनिबार विहान सुरु हुनेछ । प्रतियोगिताको रुट नेपालगञ्ज विपी चोकबाट धम्बोजी, राँझा, हवलदारपुर, कोहलपुर हुँदै पुनः सोही रुटबाट विपी चोकसम्मको हुनेछ । विजेता खेलाडीहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित अन्य पुरस्कारहरु प्रदान गरिने अध्यक्ष सापकोटाले बताए । प्रथम पुरस्करको राशी २५ हजार नगद रहेको सापकोटाले जानकारी दिए । द्वितियलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार राखिएको छ । यो बिधामा राष्ट्रिय खेलाडीसहित १९ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

२५ किलोमिटरको एमटीबी खुल्ला महिलातर्फ ८ जना सहभागी हुँदैछन् । यो बिधामा प्रथमलाई २० हजार, द्वितियलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार राखिएको छ । ४५ वर्षमाथिकालाई समेटिएको एमटीबी मास्टरका विजेतालाई १५ हजार, २० हजार र ७ हजार पुरस्कार राखिएको छ। २५ किलोमिटरको यो बिधामा १६ जनाले प्रतिष्पर्धा गर्दैछन् । सापकोटाले नेपालगञ्ज उपमहानगरपालिकाको २ लाख ७५ हजार सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगितामा ३ लाख ३५ हजार खर्च हुने अनुमान गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । 

आज भन्दा करिब आठ वर्ष पहिला गठन गरी जिल्ला खेलकुद संघमा समेत आवद्ध भएको नेपालगञ्ज साइक्लिङ्ग क्लब पश्चिम नेपालको साइक्लिङ्ग चेनमार्फत स्वास्थ्य, खेलकुद, पर्या्पर्यटनका साथै विकास प्रवद्धन गर्ने एक सशक्त क्लबका रुपमा परिचित छ । क्लबले साइक्लिङ्गमार्फत गुमनाम र गुल्जार नभएका पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै व्यापक प्रचारप्रसार गर्दै पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यस क्षेत्र र छिमेकी जिल्लाको पर्यटकीय स्थलहरुको दृश्यावलोकन गर्न र सम्भावनाहरुको व्यापक खोजी गर्दै आमरुपमा पर्यटन प्रवर्द्धन गर्ने ध्येय अनुसार वि.सं. २०७५ देखि क्लबले टुर डे ठाकुरद्वारा साइक्लिङ्ग यात्रा पनि निरन्तर गरिरहेको छ । 


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP